छेलोमा कास्कीका किरण विजयी

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ठेलो (छेलो) प्रतियोगितामा किरण सुनार (कास्की) प्रथम भएका छन् । पोखरामा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रर्दशनी खेलमा समावेश छेलोमा सुनार २५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन् ।
रोहित सुनार (कास्की) द्वितीय हुँदा बासु गुरुङ(कास्की) तृतीय बने । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले प्रतियोगिता उद्घाटन गरेका थिए । कास्की जिल्ला छेलो संघका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यबाहक सदस्य सचिव घनश्याम पौडेल, निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद्का पदाधिकारीले विजयी खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
गण्डकी प्रदेशमा परम्परागतरुपमा खेलिने छेलो खेलको प्रर्वद्धनका लागि प्रदेश खेलकुद परिषदको विशेष पहलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको हो ।
तपाईको प्रतिक्रिया