‘मंसिर ४, तपाई किन उम्मेदवार’
पोखरा ।
पोलिटिकल साइन्स सोसाइटी नेपाल(पोस्सोन)ले आसन्न संघीय तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी ६ कात्तिकमा अन्तक्र्रिया गर्न लागेको छ । कास्कीका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख राजनैतिक दलका उम्मेद्वारसँग ‘मंसिर ४, तपाईँ किन उम्मेदवार’ शीर्षकमा कार्यक्रम गर्न लागिएको हो ।
सहभागितामूलक राजनैतिक संस्कार निर्माण गरी राजनीतिको शुद्धीकरणसहित सभ्य समाज निर्माण गर्ने उद्देश्यले पोस्सोन स्थापना भएको हो । कार्यक्रममा प्रमुख राजनैतिक दलका उम्मेद्वारले उनीहरुको व्यक्तिगत विवरण, सामाजिक योगदान, उम्मेदवारीको कारण र आधार, उनीहरु आबद्ध पार्टीको घोषणापत्र, विगतका प्रतिबद्धता के कति पूरा भए, कति भएनन्, नहुनुका कारणका बिषयमा आम जनमानसलाई जानकारी दिने संस्थाका सहसचिव डा सञ्जय कोइरालाले दिए ।
जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउन आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रम गरिने डा कोइरालाको भनाइ छ ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया