पाल्सी भाषाले देश बन्दैन

रेशम शर्मा बस्ताकोटी २०७९ कार्तिक ३ गते १२:३५

इतिहास जीवन्त राख्ने काम जुनसुकै देशमा बस्ने जनताको कतव्र्य हुन्छ, त्यसै कारण आगामी मंसिर ४ गतेको दिन मातृभूमिको जित हुने दिन हुने भएकाले सबैले मतदान गरेर आफ्नू कतव्र्य पूरा गर्न भुल्न हुँदैन । यसो भनिरहँदा यो मूल्यवान समय भूल्यौं र निर्णय गर्दा गलत गर्‍यौं भने भविष्यका कर्णधार हाम्रा युवा शक्तिले बाटो बिराउन सक्छन् ।

Advertisement

जसबाट देश र जनताको भलो हुँदैन । कतव्र्यविहीन अवस्थाले गर्दा आज जसलाई जे भने पनि भयो भनेर गालीगलौचमा हाम्रा शीर्षनेताबाट दोहोरी चलिरहेको हामीले देखिरहेका छौं । राष्ट्रको समुन्नतिमा नलागी विलासितामा समय र राज्यको धन खर्च गर्ने, भ्रष्टाचारलाई संरक्षण गर्ने, आ–आफ्ना आसेपासेलाई राष्ट्रको ढुकुटीमा मनपरी गराउनेलाई हामीले अहिले पनि चिन्न सकेनौं भने देशले कोल्टो फेर्न सक्दैन । नेताका पाल्सी भाषाले मुलुक र राष्ट्रको विकास हुँदैन ।

सूर्यलाई हातले छेक्दैमा संसार अँधेरो हुन सक्दैन । एकछिनको अनुभूतिले परिवर्तन हुँदैन ।

हामीले विगतलाई बिर्सनु हुँदैन त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ यसैले पूर्वजको इतिहासलाई फर्केर हेर्ने पनि गरौं । हाम्रा पुर्खा कसैको भर्‍याङ बनेनन्, भ्रष्टचार गरेनन् । तर तिनै पुर्खाका सन्तान हामी वर्तमानमा विभिन्न किसिमको तस्करीबाट अकुत सम्पत्ति जोड्ने, राष्ट्रघाती काममा क्रियाशील हुने र तिनै राष्ट्रघातीले आज आफ्नो सम्पत्तिको रक्षार्थ देशभक्तिका नारा दिन गालेका छन् ।

अब यो परिस्थितिमा को सक्कली को नक्कली भनेर छुट्याउने सार्मभौम अधिकार नेपाली जनताका हातमा भएकाले राष्ट्र, राष्ट्रियता, धर्म, परम्परा, संस्कार, संस्कृति र सम्पदालाई जीवन्त राखी जोगाउनका लागि एक ढिका हुन देशले आह्वान गरिरसकेको छ । मंसिर ४ ले घण्टी बजाउन थालेको छ ।

Advertisement

संसारका हरेक राष्ट्रले आफ्नो धर्म, संस्कृति, परम्परा र सम्पदालाई यथास्थानमा राखेर अगाडि बढिरहेका छन् । तर हाम्रो देशमा राष्ट्रप्रतिको माया, ममता देखावटी जस्तो हुन गइरहेको आम जनताको बुझाइ छ । यदि राष्ट्रको माया ममता हुन्थ्यो भने मातृभूमिको छातीमा विदेशी बुट बजार्ने काममा सच्चा नेपाली खुसी हुन सक्दैनथ्यो ।

खुसी हुने अवस्था निम्ताउनु भनेको राष्ट्रको आन्तरिक मामलालाई तहसनहस बनाई राष्ट्रिय अस्तित्व नै मेटाइदिनु हो भन्ने जनभावनाको विकास अहिले भइरहेको छ । मिलीजुली खाऊ भन्ने इच्छा शक्तिमा बाँचेका हाम्रा नेताहरूले हिजो जे जस्तो व्यवहार देखाए पनि अब वर्तमान अवस्थाबाट आफूलाई सुधार गरी देशको विकास गर्छु भनी जनतालाई फेरि पनि झुट्टा आश्वासनबाट भुलाउन खोज्नु गौहत्या सरहको पाप हो । किनकि सक्ता, भक्ता र कुर्चीको लोभ एवम् मोहमा दौडिरहने व्यक्ति को को हुन् ? नेपाली जनताले राम्रोसँग चिनेका छन् । त्यसको फैसला आगामी मंसिर ४ ले गर्नैैपर्छ ।

जसका लागि जनता अब जुर्मुराउन आवश्यक छ । किनकि, दानमध्येको सर्वश्रेष्ठ दान मतदान हो । जुन व्यक्तिलाई मतदान दिइन्छ । त्यो व्यक्तिले प्राप्त दानको सदुपयोग गरोस् भन्ने आत्मविश्वासबाट मतदान दिने गरिन्छ । तर दान लिनेले त्यो दानको दुरूपयोग गर्दा त्यो पापको केही अंश भागिदार दान दिने व्यक्ति पनि हुन्छ तसर्थ आफ्नु अमूल्य मतदान दिँदा होसियार भई राष्ट्रको विकास गर्ने, हाम्रो राष्ट्रियता र सम्पदाको संरक्षण गर्ने स्वच्छ विचार भएको दलीय होस् वा स्वतन्त्र जो होस् त्यस्तै व्यक्तिलाई मतदान दिन सके राष्ट्रले फड्को मार्न सक्नेछ ।

अन्यथा जनताले हिजो चुनेर पठाएका नेताले गरेका कर्मको सही मूल्याङ्कन नगरिकन अन्धभक्त भएर पुनः मतदान गरियो भने राष्ट्रको समुन्नति भन्दा मातृभूमिलाई स्यालले सिनु लुछेसरह गराउने स्थिति आउने भएको हुँदा समय छँदै आम राष्ट्रवादी सजग हुनु पर्ने देखिन्छ ।

जनताले चुनेर पठाएका जनप्रतिनिधिले विगतका वर्षमा के कस्ता प्रकारले काम ग¥यो ? त्यसको लेखाजोखा गर्न नेपाली नागरिकको एकै स्वर र एकै मत हुनुपर्ने देखिन्छ । देश रहे हामी नेपाली रहने छौं अन्यथा हाम्रा भावी सन्तान विदेशीका झोले हुनु बाध्यता आउन सक्छ । समय बलवान छ त्यसैले आफ्नु भाग्य कोर्ने दिन हाम्रा सामु आइसकेकाले यो समयलाई सदुपयोग गरी सार्मभौम जनताले कुनै व्यक्तिको डर, धाकधम्की, द्रव्य र दुई छाकको मोहबाट विचलित नभई सत्यको खोजी गर्न सक्ने सक्षम युवा पुस्तालाई साँचो दिन सक्यौं भने हाम्रो देशले विकासको गति लिन्छ ।

किनकि उमेर पुगेका हाम्रा घरमा बाबा आमालाई हामीले लालनपालन, रेखदेख गरेर आराम गराए जस्तै राज्यका लागि आजसम्म योगदान दिएका बाबाआमाहरूलाई पनि अब आराम गराएर हामीले नै रेखदेख गर्नुपर्ने देखिन्छ ।

नत्र मातृभूमिका आँसु बग्दा हेरेर बस्नुबाहेक अर्को विकल्प हुँदैन । यसैले देश र जनताको जित हुने, बुझ्ने टाठाबाठा, बुद्धिजीवी, राष्ट्रिय विचार भएका व्यक्ति सबै ठाउँमा हुनुपर्छ । जुन समय राष्ट्र र राष्ट्रियताका लागि आवश्यक परेको खण्ड सबै नेपाली नेता र जनताको एकै मत हुने गर्छ त्यसै गरेर एकले अर्कालाई खुट्टा तान्ने प्रणालीलाई निस्तेज पार्दै गरिबका लागि काम, माम, गास र बासको आवश्यकता पूरा गराउन सक्ने नेतृत्वको चयन गरौं ।

हिजो देशमा परिवर्तनका लागि लड्ने तिनै सोझा, सीधा नेपाली हुन् जसले छातीमा गोली थापे आज तिनै गरिबको पसिना र रगतको मूल्यांकन गर्नुभन्दा खोपीमा लुकेर बसेका आफ्ना भाइ, छोराबुहारी, भान्जाभान्जी, आसेपासेलाई विभिन्न ठाउँको साँचो सुम्पने, निर्वाचनका लागि टिकट सुम्पने, मै खाऊ मै लाऊ सुखसयल मै गरु अरु मरुन दुर्लभहरू भन्ने विचार भएकाहरूलाई गाली गलौच गरेर बस्नुभन्दा जो सही लाग्छ, जसले राज्यका लागि केही गर्ला जस्तो छ त्यस्ता व्यक्तिलाई अगाडि बढाउन आगामी मंसिर ४ गतेको शुभ साइतलाई अशुभ बन्न दिन हुँदैन ।

हाम्रो देशको राजनीतिक संस्कार भनेको सत्य र साँचो भन्ने र बोल्ने व्यक्तिको खोइरो खन्ने, आफ्नो शरणमा पर्नेहरूलाई सधैं आफ्ना कमाराकमारी जस्तो बनाएर राख्न खोजिँदै आएको पाइन्छ । तर सूर्यलाई हातले छेक्दैमा संसार अँधेरो हुन सक्दैन । एकछिनको अनुभूतिले परिवर्तन हुँदैन ।

हिन्दू राष्ट्र नेपाललाई संविधानमा धर्मनिरपेक्ष राष्ट्रको शब्द जोडे पनि हिन्दूहरूका पर्व र मठमन्दिरका पूजाआजामा तिनै नेता कार्यकर्ता लागिरहेका छन् अझ बढी हर्ष र उल्लासका साथ । यसैले हाम्रा नेताहरू बालकलाई लाज हुँदैन, नांगै हिँडे पनि हुन्छ जसरी कुरा एउटा काम अर्काे गर्दै आइरहेका छन् ।

यस्तो अवस्थामा लाज र सरम नहुने व्यक्तिलाई समाजले राम्रो मान्दैन यसैले त्यो प्रकृतिका विचारधारीलाई गोजाउनु भनेको अराजकता मच्चाउन खोज्नु हो । जसले राष्ट्र र जनताका लागि राम्रो प्रतिफल दिन सक्दैन । जो सदा विदेशीको भर्‍याङ भई राष्ट्र राष्ट्रियतामाथि आँच आउने काम गर्छ । त्यस्ता व्यक्तिलाई समयमै चिनेर दानमध्येको सर्वश्रेष्ठ दानको पाप नबोकौं ।

तपाईको प्रतिक्रिया