नवौं राष्ट्रिय खेलकुद

विभागीयको दबदबा

३ विभागीय टिमले ७ सय ८५ पदक जित्दा ७ वटा प्रदेशले ५ सय ३६ पदक पाएका छन्

समाधान संवाददाता २०७९ कार्तिक ४ गते १०:३२

पोखरा
नेपाल पुलिसले नवौं राष्ट्रिय खेलकुदका लागि पहिलोपटक महिला क्रिकेट टिम तयार ग¥यो । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीसहितलाई टिममा आवद्ध बनाई पुलिसले टिम घोषणा ग¥यो । टिममा यसअघि प्रदेशबाट खेल्ने खेलाडीहरु थिए । प्रदेश नम्बर १ बाट अधिकांश र केही अन्य प्रदेशबाट पुलिसको टिममा तानिए ।


कप्तान रुबिना क्षेत्री यसअघि प्रदेश १ बाट खेल्थिन् । उनीसँगै राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी पुलिसमा आवद्ध भए । भर्खरै सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा प्रदेश नम्बर १ समूह चरणबाटै बाहिरियो । पहिलो पटक अधिकांश राष्ट्रिय खेलाडी समेटेर बनाएर डेब्यु गरेको पुलिसले स्वर्ण जित्यो ।


त्यसरी नै प्रदेशले तयार गर्ने खेलाडी विभागीय टिमले तानेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिममा समावेश अधिकांश खेलाडीले यसअघि प्रदेशबाट खेलेको देखिन्छ । प्रदेशबाट राष्ट्रिय खेलकुद सुरुवात गरेको खेलाडी सुनौलो भविष्यका लागि विभाग हान्निएका हुन् ।

Advertisement


नेपाली खेलकुदमा विभागीय टिमले राज गरिरहेका छन् । नवौं राष्ट्रिय खेलकुदको ३ शीर्ष टिममा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लब रहे । ३ विभागीय टिम जसले ७ प्रदेशभन्दा धेरै पदक जितेका छन् । ३ विभागीय टिमले ७ सय ८५ पदक जित्दा ७ वटा प्रदेशले ५ सय ३६ पदक जितेका छन् । पहिलोपटक सहभागिता जनाएको एनआरएनएले २६ पदक जितेको छ । नवौं खेलकुद अधिकांश इभेन्टमा फाइनलमा विभागीय टिमको नै भयो ।

Advertisement

तपाईको प्रतिक्रिया