राजनीतिमा हिजोको कुरा सम्झेर हुँदैन–प्रधानमन्त्री देउवा

पोखरा ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिमा हिजोका कुरा सम्झेर अगाडि बढ्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा सत्ता गठबन्ध दलको संयुक्त कार्यकर्ता प्रशिक्षण दिँदै प्रधानमन्त्री देउवाले गठबन्धनका कार्यकर्ताले हिजोका कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति आउन नहुने बताएका हुन् । ‘हिजोको कुरा सम्झनुपर्ने पनि छैन । हिजोका कुराले हुने वाल पनि केही छैन । अहिलेका आवश्यकता गठबन्धन सरकार हो । गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने कुरा तपाई नगर्नुस् ।’
टिकट नपाएको बाहनमा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्नुपर्ने देउवाले सुनाए । ‘गठबन्धन आजको आवश्यकता छ । गठबन्धनका नेताहरुलाई शंका गर्ने काम गर्नुहुँदैन,’ उनले भने, ‘सबै राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएको हो । प्रचण्ड, माधव जीलाई धन्यवाद दिन चाहन्छु । यत्रा नेता हुँदाहुँदै पनि उहाँले मलाई प्रधानमन्त्री बनाउनुभयो । उहाँहरुले मलाई होइन, नेपाली कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउनुभएको हो ।’
गठबन्धनका सबै दलमा केही नेताले टिकट नपाएको असन्तुष्टि रहेपनि त्यसलाई बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न आह्वान गरे । ‘सिट बाँडफाडमा म त डराएको थिए । उहाँहरुले मिलाउनुभयो । सबै पार्टीमा टिकट नपाएको असन्तुष्टि छ । तपाईंहरु आफ्नो कर्म गर्नुस् । भोलि अवसर एकपटक पक्कै आउछ । गठबन्धन यही तरिकाले अगाडि बढे जित निश्चित छ ।’








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया