सम्पादकीयः वशमा नभएको डेंगुको प्रकोप

समाधान संवाददाता २०७९ कार्तिक ४ गते १६:२१

नेपालमा डेंगु संक्रमण दर नियन्त्रण हुनु पर्नेमा निरन्तर रुपमा उकालो लागेको छ । जाडो मौसमको सुरुवातसँगै डेंगुको प्रकोप घट्दै जानु पर्नेमा अहिले त्यो संकेत देखिएको छैन । जनस्वास्थ्यका विज्ञहरूले मुलुकमा डेंगु संक्रमण अझै एक महिनासम्म देखिन सक्ने पक्षेपण गरेका छन् ।

Advertisement

अबको पाँच सातासम्म विभिन्न स्थानको दैनिक औसत तापक्रम १६ डिग्री भन्दा माथि रहने अनुमान गरिएकोले कात्तिक मसान्तसम्म डेंगुका बिरामी यथावत अवस्थामा देखिने सम्भावना छ । पछिल्लो समयमा विभिन्न भागमा भएको वर्षाले गर्दा डेंगुको संक्रमणको अवस्था लम्बिन सक्छ ।

बिहारमा डेंंगुको बिरामी बढेकाले सीमामावर्ती मधेसका जिल्लामा संक्रमण वृद्धि हुन सक्छ । त्यस्तै पहाडी जिल्लामा संक्रमण घटेको देखिएता पनि दशैंपछि मदेशमा ठ्याक्कै संक्रमण बढेको छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक पुष्टि भएको डेंगु अहिले निरन्तर रुपमा फैलिएको छ । एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । यो जातिको लामखुट्टले राति होइन दिउँसोमात्रै मानिसलाई टोक्छ ।

यो लामखुट्टे कालो र सेतो रङको हुन्छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । हरेक प्रकोपले के सन्देश दिँदैछ, भने मानव जाती जति प्राकृतिक विनाश र धर्तीलाई अति दोहन गर्छौं त्यति नै हरेकका कोठाचोटामा रहेका डेंगु, कोभिड जस्ता भाइरस आक्रोशित हुँदै मानवजातिको संहार गर्न बारबार प्रकट भइरहनेछन् ।

Advertisement

त्यसैले डेंगु जस्ता प्रकोप नियन्त्रण हाम्रो वशमा छैनन । हरेक घर र बाहिर लामखुट्टेको फुल, लार्भा र प्युपालाई ‘सर्च एनड डिस्ट्र्रोय’ (खोजी र नष्ट) गर्नुको विकल्प छैन । आम जनमानसमा सचेतनाकै कमीले डेंगु फैलिइरहेको छ । डेंगुबाट जोगिन सर्व साधारण पहिले सजक हुनु पर्छ ।

लामखुट्टे नियन्त्रण गर्ने कार्यक्रम वा अभियान विश्वले १९४०मा र नेपालले १९५४ देखि गर्दै आएको छ । डीडीटी छर्कने अभियान सन् १९६० बाट नेपालमा धुमधामका साथ सुरु भएको थियो । तर नेपालमा लामखुट्टे मार्न घर र सामूहिक बसोवास हुने स्थानमा यस्ता रसायन छर्न लागेको करिब ७० वर्ष भइसकेको छ ।

ती रसायनमध्ये डीडीटी, पाराथाइरोइड रसायनलाई लगायत कतिलाई लामखुट्टेले पचाइसकेका छन् । नेपालमा लामखुट्टे मार्ने अभियान थालेको करिब ७० वर्ष भयो । लामखुट्टे मार्न सकिएन बरु तराईका लामखुट्टेहरु हिमाली भागमा बसाइँ सरेको छ । औलो ज्वरोको नयाँ औषधी आए र उपचार भइरहेका छ । तर डेंगुको खासै औषधी छैन ।

औलोको लामखुट्टेले राति टोक्थ्यो त्यसलाई झुल र धुपले रोक्न सक्थ्यो । तर डेंगुले दिउँसै टोक्दा झुल र धुप दुबै काम गर्न सकेको छैन । त्यसैले डेंगुको संक्रमणलाई तत्कालको लागि मेडिकल र ननमेडिकल दुबैै तरिकाले नियन्त्रण गर्न सक्ने नदेखिएकोले सामाजिक विज्ञानको दृष्टिबाट डेंगु जस्ता प्रकोपहरु रोक्ने उपाय खोज्नुपर्छ ।

तपाईको प्रतिक्रिया