एमाले पोखरा १४ ले गर्‍यो– उम्मेदवार परिचयसँगै चार्डपर्व लक्ष्ति शुभकामना

समाधान संवाददाता २०७९ कार्तिक ५ गते २१:३५

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले पोखरा १४ ले शनिबार उम्मेदवार परिचयसँगै चार्डपर्व लक्ष्ति शुभकामना आदानप्रदान गरेको छ । शनिबार वडा कार्यालयको भवनमा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको परिचयसँगै शुभ दिपावली, छठ पर्व र नेपाल सम्बत्को पावन अवसरमा शुभकामना आदान प्रदान गरेको छ । एमाले पोखरा १४ का वडाध्यक्ष बटुकृष्ण कुँवरका अनुसार आसन्न निर्वाचन र चार्डपर्वलाई लक्ष्ति गरेर कार्यक्रम आयोजना गरिएको बताए ।


कार्यक्रममा एमालेबाट कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ र प्रदेशसभा तर्फ, कास्की क्षेत्र नम्बर १ ख का उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ को उपस्थित थियो । अध्यक्ष कुँवरले आफ्नो वडामा एमाले उम्मेदवारलाई भारी मतले बिजयी गराउने आश्वास दिएका छन् । शुभकामाना सहित चियापान कार्यक्रममा बोल्दै कुँवरले अन्र्तविरोध र घोचपेचलाई भुलेर पार्टी उम्मेदवारलाई जिताउन खटिनुपर्ने बताए ।

‘स्थायी सरकार समृद्धिको आधार’


एमाले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङले स्थायी सरकार र देश विकास गर्न एमाले उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । शनिबार पोखरा १४ को एक कार्यक्रममा बोल्दै गुरुङले चुनावपछि एमाले एक्लैको नेतृत्वमा सरकार गठन गरेर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने बताएका हुन् ।

Advertisement

उनले गठबन्धन सरकारले देशको धुकुटी सकेर विकास निर्माणमा ध्यान नदिएको उनको भनाइ छ । ‘देश विकास गर्न एमाले नेतृत्वका सरकार गठन हुनुपर्छ । आज जति पनि विकासका ठूलाठूला परियोना बनेका छन् । एमाले नेतृत्वकै पालामा धेरै बने । ३ वर्षमा एमाले नेतृत्वले गरेका विकास निर्माणका काम आज पनि जनतामाझ लोकप्रिय छन्,’ उनले भने, ‘चुनाव हार्नका लागि होइन जित्नका लागि म मैदानमा छु । हार्ने छुट हामीलाई छैन यसमा तपाईंहरुको साथ चाहिन्छ ।’


विचार, शिद्दान्तले, कमिटीले पनि एमाले अगाडि रहेको गुरुङको भनाइ छ । कास्की क्षेत्र नम्बर १ ख का उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ पनि देशमा समृद्धि ल्याउन एमाले सरकार नै आवश्यक रहेको बताए । उनले भने, ‘गठबन्धनको सरकार बनेको यत्रो समय भयो । खोइ जनताले अनुभूति गर्ने खालको १ वटा काम छ,’ उनले प्रश्न गरे, ‘यदि विकास गर्ने हो भने हिजो हाम्रो पार्टी अध्यक्ष नेतृत्वका सरकारले गरेको काम आज पनि लोकप्रिय छ । पार्टीले अध्यक्ष ओलीलाई नै अगाडि सारेर चुनावमा गएका छौं । तपाईंहरु घरघरबाट लाग्नुपर्ने अवस्था आएको छ ।’


गुरुङले यो चुनाव स्थानीय निर्वाचन जस्तो नभएको बताए । ‘स्थानीय निर्वाचनमा व्यक्ति हेरेर भोट दिइन्छ । यसमा पार्टी हेरिदैन,’ उनले भने, ‘प्रदेश र प्रतिनिधिसभाको चुनाव भनेको विल्कुल पार्टी केन्द्रित छ । यहाँ दिने भोट पार्टी हेरेर दिइन्छ,’ उनले भने ।
चुनावपछि पछुताउन भन्दा अगाडि नै मेहेनत गरेर निर्वाचनमा जानुपर्ने उनले बताए । ‘हिजो जस्तो कार्यताको अभाव हामीसँग छैन । अहिले टोलटोलको मोर्चा बनिसकेको अवस्था छ,’ उनले भने, ‘हाम्रो अहिलेका पहिलो प्रथामिकता चुनाव हो । देशमा स्थाई सरकार गठान गर्न र दिगो सरकार बनाउन एमालेले जित्नुपर्छ ।’

तपाईको प्रतिक्रिया