
रिखिराम जिसी, पोखरा ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जा १ बाट एमालेका नारायण मरासिनी र कांग्रेसका राजु थापा तेस्रोपटक चुनावी मैदानमा छन् ।
पहिलोपटक २०७० को निर्वाचनमा चुनावमा होमिएका मरासिनी र थापामध्ये मरासिनी भएका थिए । उनलाई नेपाली कांग्रेसका थापाले पराजित गरेका थिए ।
मरासिनी २०७४ को निर्वाचनमा दोस्रोपटक चुनावमा होमिए । पुरानै प्रतिस्पर्धीसँग मैदानमा उत्रिएका उनले कांग्रेसका थापालाई नै पराजित गर्दै संसद छिर्ने अवसर पाएका पाए ।
२०७४ को निर्वाचनमा मरासिनीले १० हजार ५ सय ६४ मतान्तरले कांग्रेस उम्मेदवार थापालाई पराजित गरेका थिए । मरासिनीले ३९ हजार २ सय २६ र कांग्रेसका थापाले २८ हजार ६ सय ६२ मत प्राप्त गरका थिए । त्यतिबेला मरासिनीलाई बाम गठबन्धनको समर्थन थियो ।
आउँदो मंसिर ४ गते हुने निर्वाचनमा मरासिनी र थापा तेस्रोपटक आमनेसामने भएका छन् । तर यसपटक मरासिनीलाई गठबन्धनको समर्थन रहने छैन । मरासिनी एक्लै चुनावी मैदानमा छन् भने कांग्रेसका थापा माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको साथमा मैदानमा छन् ।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ३ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दिएका छन् । तर मुख्य प्रतिस्पर्धा मरासिनी र थापाबीच हुने देखिन्छ । गठबन्धनविरुद्ध एक्लै मैदान उत्रिएका मरासिनीलाई संसद यात्रालाई निरन्तरता दिन सजिलो छैन ।
यसो त पटकपटक परीक्षण भएका कांग्रेसका थापालाई पनि विजयी हासिल गर्न त्यति सहज छैन । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा गठबन्धन बलियो देखिएको छ ।
गठबन्धनले उक्त क्षेत्रमा ३९ हजार ४ सय ९४ र एमालेले ३६ हजार ८ सय ४५ मत प्राप्त गरेको थियो । बैशाखपछि पनि केही मतदाता थपिएका छन् । जसले गर्दा नयाँ मतदाता र चुनावी एजेण्डाले पनि नतिजा फरक ल्याउन सक्छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि पर्वतमा १२ जनाको उम्मेदवार परेको छ । प्रतिनिधि सभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको पर्वतमा गठबन्धनबाट उम्मेदवार बनेको कांग्रेसका अर्जुन जोशी र नेकपा एमालेबाट उम्मेदवार बनेका पदम गिरी मुख्य प्रतिस्पर्धी हुन् । जो यसअघि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनका प्रतिस्पर्धी हुन् ।
गिरी दोस्रोपटक र अर्जुन चौथोपटक संसद छिर्ने योजनासहित चुनावी मैदानमा होमिएका छन् । कांग्रेसका जोशीले २०५६ सालको संसदीय चुनाव, २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचन र २०७० को दोस्रो संविधान सभा निर्वाचन जितेका थिए ।
२०७४ को निर्वाचनमा भने गिरीले जोशीलाई पराजित गर्दै जोशीको विजययात्रा रोकेका थिए । त्यतिबेला गिरी एमाले—माओवादीको बाम गठबन्धनसहित चुनावमा गएका थिए ।
२०७४ को निर्वाचनमा गिरीले ३९ हजार २ सय ७५ मत ल्याएर विजयी हुँदा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका थिए । एमालेका गिरीसँग झण्डै १२ हजार ४५६ मतान्तरले पराजित भएका जोशी यसपटक वाम लोकतान्त्रिक गठबन्धन रहेकाले त्यति नै मतान्तरले जित्ने दाबी गर्छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमाले गठबन्धनभन्दा अघि छ । एमालेका वडाध्यक्ष उम्मेदवारले ३५ हजार ७ सय १६ मत पाएका थिए । कांग्रेस माओवादीसहितको गठबन्धनले ३५ हजार २ सय ४ मत पाएका थिए । जुन एमालेभन्दा करिब ५ सय मत कम हो ।
गोरखा १ बाट प्रतिनिधि सभाका लागि मुख्य दलबाट एमालेबाट रामशरण बस्नेत र कांग्रेसबाट राजेन्द्र बजगाई चुनावी मैदानमा छन् । बस्नेत र बजगाई यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा गोरखा १ ‘ख’ बाट प्रतिस्पर्धा गरेका थिए ।
त्यतिबेला बाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका एमालेका बस्नेतले बजगाईलाई पराजित गर्दै प्रदेश सभामा प्रवेश गरेका थिए । १६ हजार ६ सय ५६ मत पाउँदै विजयी भएका बस्नेत भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।
कांग्रेसका बजगाईले १३ हजार १ मत प्राप्त गरेका थिए । यसपटक भने एमालेका बस्नेत एक्ले रहँदा कांग्रेसका बजगाईलाई माओवादी एकीकृत समाजवादीसहितको गठबन्धनको साथ छ ।
गएको स्थानीय तहको निर्वाचनमा पनि एमाले कमजोर देखिएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहका निर्वाचनमा उक्त क्षेत्रमा गठबन्धनले ५५ हजार मत प्राप्त गर्दा एमालेले १४ हजार मत प्राप्त गरेको छ ।
स्थानीय तहको प्राप्त गरेको मत तुलना गर्दा गठबन्धन तेब्बर मतले अघि देखिन्छ । यसकारण पनि गठबन्धन दल आफ्नो पक्षमा परिणाम आउनेमा आशावादी देखिन्छन् । यसअघि बाम गठबन्धनबाट विजयी हरिराज अधिकारीले २९ हजार ८ सय ६० र कांग्रेसका चीनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरेका थिए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








नेपाल शिक्षक संघ हरिनासको प्रतिनिधि सभा
सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया