पोखरा ५ मा वडास्तरीय ब्याडमिन्टन

समाधान संवाददाता २०७९ कार्तिक ६ गते ११:२४

पोखरा ।
कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजिव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन् । सूर्यचन्द्र विकास समाज पोखरा ५ को आयोजनामा शनिबारबाट मालेपाटनमा सुरु भएको वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै निवर्तमान सांसदसमेत रहेका पहरीले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने खेल क्षेत्र नै भएकाले खेल र खेलाडीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए । आफूले अघिल्लो कार्यकालमा थालनी गरेका महत्वपूर्ण योजनालाई पूर्णता दिलाउन फेरि विजयी गराउन उनको आग्रह छ ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले स्वास्थ्य नागरिक बन्न खेलकुद महत्वपूर्ण हुने बताए । वडा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मालेपाटन खेल क्षेत्रको उर्भरभूमी भएको बताउँदै यहाँबाट थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भइसकेको उल्लेख गरे ।

Advertisement

कार्यक्रम आयोजक संस्था सूर्यचन्द्र विकास समाज अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको हो । ३ दिनसम्म चल्ने प्रतियोगितामा डबल्सतर्फ २६ टिमको सहभागिता छ ।

Advertisement

तपाईको प्रतिक्रिया