मत माग्दै खेम

पोखरा ।
कास्की क्षेत्र नं ३ (१) बाट उठ्दै छन् खेम तिमिल्सना । ‘राजनीतिमा अब युवा’ बोकेर आउँदो प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी छ खेमको । उनको मत माग्ने गर्ने शैली फरक छ । निर्वाचनमा लौरो चुनाव चिन्ह छ उनको । हातमा लौरो र पत्र बोकेर हिँड्छन् उनी । पत्रमा उल्लेख छन् उनले पूरा गर्ने वाचा ।
शुक्रबार पनि उनी आफ्नै शैलीमा घरदैलो कार्यक्रममा निस्किए । जता पुग्छन् उनलाई सबैले सुन्छन् । उनको कुरामा आशा देख्छन् । पसलदेखि चौतारा र सार्वजनिकस्थल अनि घर–घर । खेम भन्छन्, ‘हामी परिवर्तन चाहान्छौँ ।
अब राजनीतिमा हामी युवाको आवश्यकता छ । नयाँ भिजनको साथमा । परिवर्तनको लागि मैले चालेको कदममा अरुले साथ दिन खोज्दै हुनुहुन्छ ।’ मुख्य बजारदेखि ग्रामीण भेग पर्छन् खेमको क्षेत्रमा । मुख्यबजारमा व्यवस्थित सहरीकरण । ग्रामीण भेगको समस्या सम्बोधन उनका एजेन्डा हुन् ।








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया