पोखरा २१ र ३३ मा ग्रिन हिल सिटीः कार्की

पोखरा ।
नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) का उम्मेदवार भीमबहादुर कार्कीले गण्डकी प्रदेशका तीन जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका २ वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने वाचा गरेका छन् ।
विगतमा सुरुवात भएका महत्वपूर्ण काम पूरा गर्ने र २ वडाको एकीकृत विकासमार्फत स्याङ्जा, कास्की र तनहुँको महत्वपूर्ण सुविधा सम्पन्न ग्रीन हिल सिटीको रूपमा विकास गरिने भन्दै त्यसका लागि एमालेको बहुमत सहितको प्रदेश र केन्द्र सरकार आवश्यक भएको उनले उल्लेख गरे ।
आफ्नो निर्वाचन क्षेत्र कास्कीको दक्षिणी भेगमा पर्ने पोखरा २१ र ३३ का जनतासँग साक्षात्कार गर्ने क्रममा कार्कीले जनस्तरको सहभागितामा विकासका महत्वपूर्ण पूर्वाधारउन्मुख हुँदै गरेका ती वडाका ग्रामीण क्षेत्रको समृद्धि पहिलो प्राथमिकता राख्ने उल्लेख गरे ।
कृषि र पर्यटनको प्रचूर विकासको सम्भावना रहेको वडालाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिबद्धता छ । हिजोका आफ्नो पार्टीका निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रमा न्यूनतम पूर्वाधारसहित स्याटेलाइट सिटी निर्माणको जग निर्धारणका लागि एकीकृत विकासको मोडल मुताबिक सो अवधारणा अघि सारेको कार्कीले उल्लेख गरे ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया