सन्दीपविरुद्ध आज मुद्दा दर्ता हुँदै

समाधान संवाददाता २०७९ कार्तिक १४ गते १०:२४

पोखरा ।
बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो ।

२० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले ३ पटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ ।

Advertisement

प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया