गण्डकीका मुख्यमन्त्री सुरेन्द्र हुने भट्टराईकाे दाबी

पोखरा ।
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनपछि गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हुने दाबी गरेका छन् ।
गोरखामा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले चुनावपछि बन्ने प्रदेश सरकारको नेतृत्व पाण्डेले गर्ने बताएका हुन् ।
साथै उनले भोलिको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने दाबीसमेत गरे । ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री,’ उनले भने, ‘यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
प्रचण्ड प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि गोरखा विकासको पुलको काम आफूले गर्ने भट्टराईले बताए । गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आह्वान समेत गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार हुन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया