माछापुच्छ्रेको रुप फेर्छाैंः भण्डारी

पोखरा ।
पाँच दलीय गठबन्धनबाट कास्कीको निर्वाचन क्षेत्र नं ३(१) का उम्मेदवार दुर्गादत्त भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय गाउँ ल्वाङको पर्यटन प्रवद्र्धनका लागि योजनावद्ध प्रयास गर्ने प्रतिवद्धता गरेका छन् ।
चुनावी घरदैलोका क्रममा माछापुच्छ्रे वडा नं ८ र ९ का विभिन्न स्थानमा पुगेका उम्मेदवार भण्डारीले माछापुच्छ्रे पर्यटकीय हिसाबले जिल्लामै उत्कृष्ट रहेकाले पर्यटन विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
उनले ल्वाङबाट खानी गाउँ हुँदै अस्ट्रेलियन क्याम्पसम्म चक्रपथ निर्माण आफूहरुको प्राथमिकतामा रहेको उल्लेख गरे । भण्डारीले पर्यटकीय गाउँ ल्वाङलाई कालोपत्र सडकबाट जोड्ने र घलेल हुँदै कालीमाटी सिदिङसम्मको सडक पक्की बनाइने प्रतिवद्धता गरे ।
भण्डारीले भने, ‘कालोपत्र हुन बाँकी वडा नं ८ र ९ का मुख्य सडकलाई पक्की बनाउन मेरो तर्फबाट पहल गर्नेछु ।’ भण्डारीले मर्दी हिमाल पदयात्रा मार्गलाई व्यवस्थित गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए ।
गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता भण्डारीले घरदैलोका क्रममा जनताका गुनासा र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिवद्धता गरे । उनको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार गणेशमान गुरुङसँग हुँदै छ ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया