गरिबलाई रासन कार्ड व्यवस्था गर्छाैं: बोधराज

समाधान संवाददाता २०७९ कार्तिक १४ गते ११:१६

पोखरा ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् ।

चुनावी अभियानमा जुटेका उनले स्याङ्जा क्षेत्र १ को विकासका लागि आफू दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय तहहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु,’ उनले भने, ‘हामीले सधैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? हामीलाई झुटा आश्वासनमात्रै बाडियो, त्यही कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’

उनले २०४७ देखि पछि उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानबिन गरी कारवाही गर्न विशेष पहल गर्नेसमेत उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया