निर्वाचन आयोगमा ५ दर्जन उजुरी

समाधान संवाददाता २०७९ कार्तिक १४ गते ११:२३

पोखरा ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको आचार संहिता उल्लंघनका उजुरी ५ दर्जन बढी पुगेका छन् ।

आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवार र संघसंस्थालाई स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।

आचार संहिता पालनाबारे अनुगमनका लागि ७७ जिल्लामा अनुगमन संयन्त्र बनाइएको र सो संयन्त्रले पनि हेरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समेत सहायक संयोजक रहनेगरी कोष तथा लेखा नियन्त्रक प्रमुखलाई अधिकृत तोकेर जिल्लामा अनुगमन कमिटी बनाइएको छ ।

विभिन्न जिल्लाबाट उजुरी आइरहेको र स्पष्टिकरण सोध्ने काम भइरहेको उनले बताए । सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभए केही उम्मेदवार र राजनीतिक दललाई दोहोर्‍याएर सोध्ने आयोगले तयारी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया