निराशा हटाएर उत्साह थप्छुः थापा

पोखरा ।
कास्की क्षेत्र नं.२ (२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले जनताको मतको कदर गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
गण्डकी प्रदेश सरकारका बाहलवाला कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्र समेत रहेका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको उल्लेख गरे ।
‘तपाईहरुको मतको कदर गर्नेछु । खेर जान अवश्य दिने छैन । २०७४ सालको निर्वाचनमा जसरी यहाँहरुले विश्वास गर्नुभयो । आशा छ यसपालि पनि यहाँहरुको माया पाउनेछु । गएको ५ वर्ष नीति निर्माण गरियो । अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने हो,’, उनले भने ।
थापाले पोखरा ८ आफ्नै वडा पनि भएकाले यहाँका हरेक समस्यासँग आफू जानकार रहेको जनाए । विकास र समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने भनाइ उनको छ ।
यसअघि प्रदेश सांसद हुँदा पनि पोखरा ८ को विकासमा सक्दो पहलकदमी गरेको र आगामी दिनमा समेत यसको निरन्तरता हुने दिने प्रतिबद्धता गरे । थापाले आफ्नो तलब भत्ता सबै सामाजिक सेवामा खर्च गरेका छन् । निरास भएका जनतालाई उत्साह दिलाउने गरी काम गर्न चुनावी मैदानमा आएको थापा बताउँछन् ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया