माओवादी नेता शर्मिला एमालेमा

पोखरा ।
माओवादी केन्द्र पोखरा वडा नम्वर २१ का सचिवालय सदस्य शर्मिला भट्टराई नेकपा एमाले प्रवेश गरेकी छन् ।
भट्टराईलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर २ (१) का एमाले उम्मेदवार भीम कार्की, एमाले प्रदेश कमिटी सदस्य चन्द्रबहादुर रोका, एमाले कास्की जिल्ला कमिटी सचिवालय सदस्य शिवप्रसाद आचार्य लगायतले पार्टीमा स्वागत गरेका हुन् ।
भट्टराईले आफू एमालेको नीति, कार्यक्रमबाट प्रभावित भएर प्रवेश गरेको बताउँदै देश र जनताको समृद्धि एमालेले मात्रै गर्न सक्ने बताइन् । उनले देश र जनताको सेवामा एमालेमा आवद्ध भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाइन् ।
उम्मेदवार कार्र्कीले उत्कृष्ट योजनासहित एमाले निर्वाचनमा आएको र विकासको सफल नायक एमाले भएको विगतका कार्यले पुष्टि गरेको तर्क गरे । कार्कीले निरन्तर जनताको सेवामा लागेका विभिन्न दलमा आवद्ध अन्य नेता, कार्यकर्तालाई एमालेमा समाहित हुन ढिला गर्न नहुने उल्लेख गरे ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया