
जोमसोम ।
बाग्मती प्रदेशका एक कर्मचारीले सरकारी गाडीको दुरुपयोग गर्दै परिवार लिएर मुस्ताङका आएका छन् । आफ्नो परिचय बाग्मती प्रदेश अन्तर्गत कृषि मन्त्रालयको सहसचिव बताउँने उनले सरकारी गाडी चढेर परिवारसहित मुस्ताङ घुम्न आएका हुन् ।
बाग्मती प्रदेश ०१–००२ झ ५७६२ नम्बर भएको उक्त सेतो प्लेट गाडी मुुक्तिनाथ दर्शन गरी फर्किदा मुस्ताङका स्थानीय पत्रकारहरुले अनुमगन गर्दा सरकारी गाडी दुरुपयोग भएको पाईएको हो । स्थानीय पत्रकारहरुले मुस्ताङको पुथाङ एअरपोर्टमा बाग्मती प्रदेशको सरकारी गाडी फेला पारेको थियो ।
पत्रकारहरुले बाग्मती प्रदेशको गाडी बिदाको समयमा किन र कुन कार्यक्रमका लागि लिएर आउनु भएको हो भनी सोधिएको प्रश्नमा आफुलाई सहसचिवको मात्र परिचय दिने ति कर्मचारीले चिक्त बुझ्दो जवाफ दिन सकेनन् । सहसचिवसहित सो गाडीमा ७ जनाको टोली मुस्ताङ आएका थिए । जसमध्ये दुई जना महिला एक जना बालक र अरु तीन जना पुरुष थिए ।
पत्रकारले सोधपुछ गर्ने क्रममा बाग्मती प्रदेश कृषि मन्त्रालयको सहसचिवको परिचय दिने ति कर्मचारीले प्रदेशले पर्यटन काँजको व्यवस्था मिलाएकाले सोही क्रममा मुस्ताङ आएको बताएका छन् । तर उनले पत्रकारले राखेको प्रश्नमा सहज उत्तर दिन सकेनन् । अहिले बाग्मती प्रदेशको गाडी मुस्ताङबाट बाहिरिसकेको छ ।
पछिल्लो समय सरकारी गाडी दुरुपयोग गरी मुस्ताङ आउने क्रम बढ्दो छ । बिना कुनै कार्यक्रम केवल परिवारीक भ्रमण गर्ने क्रममा सरकारी कार्यालयका कर्मचारी देखि उच्च ओहोदा व्यक्तिहरु मुस्ताङ आउन थालेका हुन् । सरकारी गाडी कार्यालय प्रयोजन बेगर दुरुपयोग गर्न पाईदैन ।
तिहार र छठ पर्वकोबीचमा मुस्ताङमा ११ वटा सकारी गाडी भित्रिएको प्रहरी चौकी घाँसाले जनाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया