माओवादीका वडाध्यक्षका उम्मेदवार एमालेमा

पोखरा ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता सोमबार नेकपा (एमाले)का प्रवेश गरेका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यक्रममा माओवादीका पूर्व केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चूडामणि विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सना, वडा कमिटीका सचिवालय सदस्य सञ्जीवबहादुर अधिकारी, खडानन्द अधिकारी, सविन तिमिल्सिना, पोखरा २३ का ईश्वर भण्डारी, उदय भण्डारी लगायतका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा पोखरा १६ बाटुलेचौरका दुई सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तथा साहित्यकार तीर्थ तामाङ एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले स्थायी समितिका सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापा लगायतका नेताले पार्टीका स्वागत गरेका थिए ।
मतदातामाझ लोकप्रिय प्रदेश कमिटी सदस्य तिमिल्सनासहित नेता–कार्यकर्ता प्रवेश गरेपछि आगामी चुनावमा एमालेलाई केही सहज हुने आकलन गरिएको छ । गत ३० वैशाखको स्थानीय चुनावमा तिमिल्सना पोखरा १८ मा वडाध्यक्ष उम्मेद्वार थिए । कांग्रेसका उम्मेद्वार विजयी हुँदा तिमिल्सनाले ७ सय २ मत पाएका थिए ।
पोखरा १८ कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । त्यहाँ प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीका उम्मेद्वार छन् । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित नेता–कार्यकर्ता चुनावको मुखैमा एमाले प्रवेश गरेसँगै माओवादीलाई धक्का लागेको छ ।
नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटी सदस्य राजु भुजेल, जमुना सुवेदी लगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रदेश गरेको एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य सन्तु सुवेदीले जानकारी दिइन् ।
पार्टीका स्थायी समिति सदस्य खगराज अधिकारीले सबै कम्युनिस्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एमालेमा गोलबन्द गर्ने बताए । उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने अभियानमा लागेको जानकारी दिए ।
क्षणिक तथा केही समयका लागि सशस्त्र संघर्षको कार्यनीति सान्दर्भिक हुन सके पनि मुल कार्यदिशा शान्ति पूर्ण संघर्ष नै भएको नेता अधिकारीले उल्लेख गरे । ‘कांग्रेसका नेता शेरबहादुर देउवाको सरकारको पालामा दीर्घकालीन सशस्त्र संघर्षको सुरुवात भएको थियो ।
सशस्त्र संघर्षले कम्युनिस्टहरुमा तीव्र धु्रवीकरण गर्यो,’ उनले भने, ‘शेरबहादुर देउवालाई नेता मान्न सशस्त्र संघर्ष गरेको होइन । अहिले गठबन्धनका नाममा त्यही भएको छ ।’ उनले सशस्त्र संघर्षका योद्धा, घाइते, सहिदको योगदानको कदर हुन नसकेको दाबी गरे ।
पार्टीका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले एमालेको भविष्य राम्रो भएकाले प्रवेशको लहर चलेको जानकारी दिए । उनले पार्टी प्रवेश अभियान मंसिर ४ सम्म चल्ने बताए ।
कार्यक्रममा नवप्रवेशी राजु तिमिल्सिनाले अहिले निश्चित नेता तथा कार्यकर्ताले ढोका खोलेको आगामी दिनमा धेरैभन्दा धेरै नेता तथा कार्यकर्ता प्रवेश गरी घर उज्यालो बनाउने उल्लेख गरे । कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटीका कार्यालय सचिव माधव बास्तोला, साहित्यकार तीर्थ तामाङ, मोहन थापा लगायतले बोलेका थिए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया