निफ्राको नाफा पौने ३७ करोड

काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’ ले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको ३ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो ।
निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने २९ करोड ८५ लाख ७७ हजार छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् १० करोड ७९ लाखले बढी हो ।
पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा रु ६५ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति रु तीन अर्ब ७९ करोड ५८ लाख १२ हजार छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात रु ३८ करोड ९० लाख ८५ हजार छ ।
निफ्राले आफ्ना ग्राहकलाई दिएको कर्जा तथा सापटी १७ अर्ब ८१ करोड छ लाख १३ हजार छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड छ भने कुल सम्पत्ति रु २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ७ दशमलब ०१ छ ।
आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा बैंकको खुदा मुनाफा २२ दशमलव १० प्रतिशतले बढेर रु एक अर्ब दुई करोड २५ लाख ५८ हजार पुगेको छ । गत आवमा बैंकको सञ्चालन खर्चमा एक सय २६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया