पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथि

पोखरा ।
राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १(१) मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग पराजित भए, अहिले उनै उम्मेदवारलाई जिताउन कस्सिएका छन् ।
कांग्रेस नेता परियार र माओवादी केन्द्रका नेता दीपक कोइराला अघिल्लो प्रदेशसभाको चुनावमा प्रतिस्पर्धी थिए । त्यति बेला वाम गठवन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कोइरालाले चुनाव जिते । अहिले परिस्थिति फेरिएको छ ।
कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग पराजित भए, अहिले उनै उम्मेदवारलाई जिताउन कस्सिएका छन्
वाम गठबन्धन हुँदै एकतासम्म पुगेर नेकपा बने पनि केपी ओलीले संसद विघटन गरेपछि पार्टी तीन टुक्रा भएको छ । पाँच दलीय गठबन्धन बनेको छ । स्थानीय चुनावमा सहकार्य गरेका दलले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई कायम राखेका छन् ।
पहिले जितेका निर्वाचन क्षेत्रमा त्यही दलको उम्मेदवार हुने गठबन्धनभित्रको सहमतिसँगै कास्की १(१) माओवादी केन्द्रले पायो । रुपा गाउँपालिका र पोखरा महानगरका वडा २६, २७, २८, २९, ३०, ३१ र ३२ यो क्षेत्रमा पर्छन् ।
पाँच वर्षमा त्यस क्षेत्रका स्थानीयको मन जितेका कोइरालालाई माओवादी केन्द्रले पुनः उम्मेदवार बनायो । प्रदेशसभामा अर्थ तथा विकास समितिको सभापति भएर लोकप्रिय काम गरेका युवा नेता भएकाले पनि कांग्रेससँगै एमाले कार्यकर्ताले पनि मत दिने माओवादीको दाबी छ ।
कांग्रेस सहमहामन्त्री परियार स्वयं प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा छन् । उनी संघीय सांसद बन्ने निश्चित प्रायः छ । अब उनको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनको उम्मेदवारलाई जिताउनुमा छ ।
उनी यतिबेला कास्की १ (१) मा उम्मेदवार कोइरालालाई जिताउन स्थानीयसँग भेटघाट गरिरहेका छन् । गठबन्धनका दलका स्थानीय नेतासँगै छन् । कोइरालालाई जिताउन कांग्रेस नेता परियार सारथिको भूमिकामा उत्रिएका छन् । कोइरालालाई जिताउन मत मागिरहेका छन् ।
यसपल्ट गठबन्धनको जित निश्चित भएको परियार बताउँछन् । ओलीले संसद विघटन गरिसकेपछि विशेष परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको उनले बताए । ‘हामी हिजो झगडा गरेका आदर्श नमिलेका दलहरु पनि एउटै पार्टी भएर एक ठाउँमा बस्नु चानचुने कुरा होइन ।
कुनै बेला माओवादी र कांग्रेस मिलेर सँगै हिँड्छन् भनेर कसैले पनि कल्पना गरेको थिएनन्,’ उनी भन्छन्, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, समृद्धि र विकास निर्माणका लागि गठबन्धन आवश्यक पर्यो ।’








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया