समृद्धिका लागि एमालेलाई मतः अधिकारी

पोखरा ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकारसहितको समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।
अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले मंगलबार आयोजना गरेको महिला भेलामा उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको जनाइन् ।
अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउनुपर्नेमा उनको जोड छ ।
डेंगु संक्रमणलाई जित्न सफल उम्मेदवार भट्टाईले घर व्यस्थित तवरले सञ्चालन गर्ने महिला अवसर पाएमा मुलुक चलाउन पनि सक्षम रहेको चर्चा गर्दै मतदाताको अपेक्षा अनुसार जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता गरिन् ।
दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बनेर यस क्षेत्रका मतदाताको अपार माया विश्वासले विजयी बन्न सफल भएको स्मण गर्दै उनले भने, ‘स्वगीय रविन्द्र अधिकारीले देखेका सपना पूरा गर्ने दायित्वबोध भएको छ ।’
प्रदेश सभामा समानुपातिक उम्मेदवार डा. छममाया पुनले विकास र समृद्धिको अभियानलाई अघि बढाउन एमाले उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिइन् । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्णबहादुर थापाले अपवित्र गठबन्धनले मुलुकलाई निकास नदिने ठोकुवा गरे ।
अनेमसंघ निर्वाचन क्षेत्र नं. २ संयोजक हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला सहइन्चार्ज मिनाकुमारी गुरुङ लगायतले गठबन्धनका विरुद्धमा संगठित भएर आआफ्नो ठाउँबाट जुट्नुपर्ने आवश्यकता औंल्याए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया