पावर हाउसबाट लागू औषधसहित पक्राउ

समाधान संवाददाता २०७९ कार्तिक १७ गते १०:४७

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । मंगलबार बेलुका साढे ६ बजे पोखरा ३० पावर हाउस स्थित बसमा चेकजाँच गर्ने क्रममा मोहम्मद यासिर मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

प्रहरीले मियाँको साथबाट प्रहरीले ५ किलो १०० ग्राम लागुऔषध गाँजा फेला पारेको डिएपी तिवारीले बताए । २१ वर्षीय मियाँ तनहुँ व्यास नगरपालिका वडा नम्बर ६ स्थायी घर भई पोखरा १० बुद्ध चोक बस्दै आएका थिए ।

मियाँलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी तिवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया