पर्यटन प्रवद्र्धन गर्न पोखरादेखी कोरलासम्म मोटर र्याली

पोखरा ।
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले पोखराबाट सुरु भई उत्तरी हिमालयसम्म मोटर र्याली आयोजना गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रम अन्तर्गत कात्तिक १७ देखि २० गतेसम्म ४ दिने मोटर र्याली हुनेछ ।
एनवाईईएफको तत्वाधानमा हुने प्यालीको आयोजक एनवाइइफ पोखरा च्याप्टर छ ।
कोभिडपछि सुस्ताएको पर्यटन उकास्न, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न, हिमाली जिल्ला मुस्ताङको कोरला नाका, लोमान्थाङ, माफ, जोमसोङ लगायतका ठाउँको प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
र्यालीले स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता बुझ्न र साहसिक खेलकुद प्रवद्र्धन गन सघाउने अपेक्षा गरिएको छ ।
र्यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीको सहभागिता रहनेछ । पोखरादेखि कोरला नाकासम्म हुने र्यालीमा २५ भन्दा बढी गाडीको सहभागिता रहनेछ ।
र्यालीका समयमा हुने जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडीमा समस्या आएमा गाडी बनाउनका लागि इन्जिनियर र मेकानिक्सको टिम पनि रहनेछन् । र्यालीका लागि विभिन्न ठाउँ छुट्याएर प्वाइन्ट तोकिनेछ । एक प्वाइन्टबाट अर्काे प्वाइन्टमा पुगेपछि आराम गर्नका लागि समय छुट्याइनेछ ।
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) गैरनाफामूलक सामाजिक संस्था हो । सन् २००३ सालमा स्थापित यस संस्थाका उद्देश्य युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवालाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने लगायत छन् ।
यस संस्थाले युवा उद्यमीबीच उद्यमशीलतासम्बन्धी आइडिया एक्सचेन्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम, फेलोसिप लगायतका कार्य गर्दै आएको छ । संस्थामा देशका ११ सहरका ७ सयभन्दा बढी युवा उद्यमी आवद्ध छन् ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया