कांग्रेसको जिल्ला भ्रमण सुरु

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेशका ११ वटै जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेश सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनका लागि बुधबारबाट कार्यक्रमसहित भ्रमणमा गएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।
गोरखामा भएको कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य अजयबावु सिवाकोटीले अबको लक्ष्य गठबन्धनलाई जसरी पनि जिताउनेतर्फ केन्द्रित गर्न आग्रह गरे । उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट विरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिविधि रोक्न आग्रह गरे ।
नेता सिवाकोटीले त्यस्ता व्यक्तिका बारेमा गाउँ तह हुँदै जिल्लाबाट केन्द्रिय कमिटीमा समेत कुरा आइपुगेको जानकारी गराउँदै उनले अरुको उत्साहटमा लागेर पार्टीलाई क्षति पुर्याउने काममा नलाग्न आग्रह गरे ।
नेपाली कांग्रेसले संघमा ७४ सिटमा र प्रदेशमा पनि आधाभन्दा कम सिटमा सिमित भएर चुनावमा होमिनु र गठबन्धन बनाउनुका मुख्य कारण पटक पटक संविधानको उल्लघंन गर्दै प्रतिनिधि सभा विघटन गर्ने र संविधान च्यात्ने काम केपी ओलीले गरेका कारण यो जनमतका लागि गठबन्धनको निर्माण भएको बताए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गोरखाको चुनावमा प्रदेश साथमा रहेको सन्देश दिन आएको भन्दै हिजोसम्मका जनप्रतिनिधि सेवक हुन नसकेको तर गठबन्धनबाट चुनिएका सबै प्रतिनिधि सेवक हुने बताए । सभापति शर्माले हिजो समस्या लिएर जनता नेताका धाउने प्रचलन भएता पनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउने बताए ।
‘यो भन्दा पहिलृ समस्या बोकेर हामी उनिहरुकोमा जानु पथ्र्यो,’ भन्दै सभापति शर्माले भने, ‘अब हाम्रो समस्या बुझ्न उनीहरु हाम्रो घरमा आउनेछन् ।’ सभापति शर्माले नेपाली कांग्रेस प्रदेशले एउटा संकल्प लिएर आएको जानकारी दिए ।
उनले व्यक्तिको जीवनमा परिवर्तन नआई विकासको अनुभूति नहुने उल्लेख गरे । सभापति शर्माले अबको ५ वर्षभित्र चुनाव जितेर गएकाले जनताको जीवन शैलीमा कती परिवर्तन आयो भनेर जनताकै घरदैलोमा पुगेर सोध्न आउने वातावरणको र्सिजना गरिएको जनाए ।
कार्यक्रममा प्रदेश सभापति शर्माले गण्डकी प्रदेशको संकल्प पत्र र झण्डा गोरखाका पार्टी सभापति नन्दलाल न्यौपानेलाई हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेस गण्डकी प्रदेश सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागमा गोरखाका कैलाशबाबु श्रेष्ठ र लमजुङका ऋषि अधिकारीलाई मनोनित गरिएको छ ।
पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधवप्रसाद बास्तोला, नेपाली काँग्रेस प्रचार प्रसार विभाग गण्डकी प्रदेशका उप–प्रमुख शिरोमणि बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य पूर्णबहादुर दाहाल, बिनाकुमारी श्रेष्ठ, नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघका सभापति चन्द्रकिशोर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा, सदस्य जानुका अधिकारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया