प्रभात आधारभूत विद्यालयमा लक्ष्मण
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट सेदीस्थित श्री प्रभात आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मणबहादुर थापा चयन भएका छन् । नौं सदस्य विद्यालय व्यवस्थापन समितिले थापालाई अध्यक्ष चयन गरेको हो ।
अभिभावक भेलाबाट डम्मर बहादुर श्रेष्ठ, पार्वती गुरुङ र कोपिला परियार, वडा नम्बर १८ का प्रतिनिधि सदस्य रमेश थापा, वडा शिक्षा समिति लक्ष्मणबहादुर थापा र दलबहादुर थापा, शिक्षक प्रतिनिधि दुर्गादेवी देवकोटा पराजुली र सदस्य सचिव प्रअ श्यामजी बास्तोला सदस्य चुनिएका छन् ।
सदस्यीय समितिले पोखरा १८ सेदी निवासी निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर थापालाई सदस्य मनोनित गरेको छ । कार्यक्रमा सदस्य दलबहादुर थापा, वडा प्रतिनिधि रमेश थापा, सदस्य झपटबहादुर थापा, प्रअ श्यामजी बास्तोला र शिक्षक कृष्णप्रसाद कोइरालाले बोलेका थिए ।
बैठकले समिति गठन गर्न सहयोग गर्ने पोखरा १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना, वडा कार्यालय, अभिभावक, शिक्षक कर्मचारी तथा शुभेच्छकलाई धन्यवाद दिएको थियो ।
अध्यक्ष थापाले विद्यालयको समग्र विकासको लागि सबैको साथ सहयोग लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया