आम्दानी र रोजगारी दिनु मेरो पहिलो प्रथामिकता होः एमाले उम्मेदार ‘श्याम’

समाधान संवाददाता २०७९ कार्तिक १७ गते १९:५०

पोखरा, १७ कात्तिक
आसन्न निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ख का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले गाउँमै आम्दानी र रोजगारी दिने कार्य पहिलो प्राथमिकता भएको बताए ।

Advertisement


बिहीबार मादी १२ को घरदैलो कार्यक्रमको सुरुवात गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङले बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सृजना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने ।


०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने ।


निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनले भनाइ छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राखदिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’


विगतका प्रतिवधर्तालाई पूरा आफू प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ । ‘कसलाई भोट दिने भन्ने कुरा भविव्य हेरेर दिने हो । कुन पार्टीले के गरेको छ । त्यो राम्रोसँग बुझनुप¥यो । पूरातन हिसाबले हेरे भोट दिन बन्द गर्नुस् । काम गर्नेलाई दिनुस्,’ श्यामले भने । देश राजनीतिक अस्थिरताको चपेटामा परेका परेकाले आउँदो निर्वाचन देशलाई स्थायी सरकार गठन कडी भएको बताए ।

Advertisement


गुरुङले एमाले सरकार ढलेपछि विकास निर्माणको काम ठप्प भएको बताए । ‘केन्द्रमा केपी ओली प्रधानमन्त्री र प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री बनेपछि विकासको लहर चल्छ,’ उनले भने । गाउँमा सडक, विद्यालय, विजुली, पानी र स्वास्थ्य केन्द्र पुगेर पनि आम्दानी र रोजगारी पु¥याउन आफ्नो उम्मेदवार भएको उनले बताए ।

तपाईको प्रतिक्रिया