मनाङमा चुनावी सरगर्मी बढ्दै

मनाङ ।
हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । ०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुई मुख्य दलले पुरानै अनुहारलाई जनतामाझ ल्याएको छ भने मनाङका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो । पार्टी नै नयाँ हुँदा मनाङवासीले साथ दिन्छन् वा दिँदैनन् भन्ने हेर्न चुनाव नै कुर्नुपर्ने छ ।
कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । अहिले चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त छन् । कांग्रेस उम्मेदवारले विगतदेखि नै मनाङलाई सडक सञ्जालसँग जोड्न जोड दिँदै आएको छ । मनाङका लागि कांग्रेस पुरानो पार्टीका रुपमा चिनिन्छ ।
गत निर्वाचनमा मनाङमा एमाले विजयी भएको थियो । प्रदेशसभा ‘क’ तर्फ कांग्रेसका मुनिन्द्रजंग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् । प्रदेशसभा ‘ख’तर्फ राजीव गुरुङ निर्विरोध भइसकेका छन् ।
गत निर्वाचनमा ५ हजार आठ सय ८१ मध्ये ४ हजार ३ सय ३८ मत खसेको थियो । २ सय ८१ मतान्तरले एमाले विजयी भएको थियो । गत स्थानीय तह निर्वाचनमा मनाङका ३ पालिकामा कांग्रेस तथा एउटामा एमाले विजयी भएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभामा जित निकाल्ने उद्देश्यसहित सत्ता साझेदार कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा मनाङमा ३ हजार २ सय ८१ पुरुष र ३ हजार चार सय ९८ महिला गरी ६ हजार ७ सय ७९ मतदाता छन् ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया