प्रतिकूलतालाई अनुकुलतामा बदल्छौं’

पोखरा ।
एमाले निर्वाचन परिचालन कमिटी पोखरा ८ ले बिहीबार कार्यालय खोलेर प्रचारप्रसार थालेको छ । कार्यालय स्थापनासँगै कमिटीले उम्मेद्वार परिचयका साथ घरदैलो थालेको चुनाव प्रचारप्रसार मुल समितिका संयोजक अर्जुन श्रेष्ठले बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा कास्की सह इन्चार्ज मिनाकुमारी गुरुङले कार्यालय उद्घाटन गर्दै राष्ट्रियताको रक्षा र जनजीविकाको सवाललाई सुदृढ बनाउन आगामी निर्वाचनमा एमालेलाई जिताउनुपर्ने बताइन् ।
‘प्रतिक्रियावादी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति एमालेको विरुद्धमा ज्यान फालेर लागेका छन्,’ उनले भनिन्, ‘आगामी निर्वाचनमा जस्तोसुकै प्रतिकूलता अवस्था आए पनि त्यसलाई अनुकूलतामा बदल्छौं ।’ प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ को निर्वाचन अनुगमन तथा निर्देशन कमिटीको संयोजकसमेत रहेकी गुरुङले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर चुनावका गतिविधि गर्न निर्देशन दिइन् ।
स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षसहित सबै वडा सदस्य जितेर रेकर्ड कायम गरेको उल्लेख गर्दै उनले आगामी आम निर्वाचनमा विगतको विरासतलाई जोगाउन आग्रह गरिन् ।
प्रदेश सभा २ ९२०का उम्मेद्वार मीना गुरुङले समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि एमालेले आगामी निर्वाचन जित्नुपर्ने बताइन् । सकारात्मक सोंच राख्नेले सफलता हासिल गर्ने उदाहरण पेश गर्दै उनले सोही रणनीति अनुसार सकारात्मक परिणाम ल्याउने दाबी गरिन् । उनले वडा कमिटी पोखरा ८ ले विगतमा गरेको उत्कृष्ट कार्यलाई निरन्तरता दिन सुझाव दिइन् ।
कास्की क्षेत्र नम्बर २ प्रदेश सभा ९२० निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक दानबहादुर बाँनिया, नेकपा एमाले जिल्ला कमिटी कास्की सदस्य तथा वडा नम्बर ८ का इन्चार्ज परशुराम बराल, वडा कमिटी पोखरा ८ का सचिव दीपक घिमिरे, उपसचिव गोविन्द बरालले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीले अपनाएको रणनीतिका बारेमा बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया