मालेपाटनमा पहारीको घरदैलो
समाधान संवाददाता
२०७९ कार्तिक १८ गते ११:४९

पोखरा ।
पोखरा ५ मा गएको स्थानीय तह निर्वाचनमा एमालेका सबै उम्मेदवार विजयी भएका थिए । सोही वडामा मत माग्न पुगेको नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ (२) का उम्मेदवार राजीव पहारीले अघिल्लो कार्यकालमा थालनी भएर अधुरा रहेका काम पूरा गर्न आफू फेरि मैदानमा आएको बताए ।
बिहीबारको घरदैलोमा उनले भने, ‘अघिल्लो कार्यकालमा सुरु भएका केही काम सम्पन्न भए, केही गर्दागर्दै बाँकी छन्, ती काम सम्पन्न गर्न उम्मेदवारी दिएको हुँ ।’ एमाले नेतृत्वमा प्रदेश र संघ सरकार हुँदा भएका कामका कारण जनताले फेरि एमालेलाई बहुमत दिने दाबी गरे ।
उनले भने, ‘देशको समृद्धि र विकासका लागि एमालेको सरकार बन्नुको विकल्प छैन । मंसिर ४ पछि एमालेको नेतृत्वमा समृद्धिको यात्राअघि बढ्छ ।’
सम्बन्धित








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया