एजेन्डालाई मत दिनुस्ः कार्की

पोखरा ।
नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का उम्मेदवार भीमबहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै मत मागिरहेका छन् । आफू र आफ्नो पार्टीले अघि सारेका एजेन्डा उत्कृष्ट भएकाले मत दिन उनले अनुरोध गरेका छन् ।
कास्कीको दक्षिणी भेगमा पर्ने पोखरामहानगरका २१ र ३३ वडाका मतदातासँग भेटघाटमा रहेका कार्कीले यो क्षेत्रमा विस्तारै पूर्वाधारका काम हुने बताए । कृषिमा व्यवसायिकताको पक्षमा गएको सो क्षेत्रको अर्को सम्भावना पर्यटन भएको उनले उल्लेख गरे ।
कार्कीले युवा, महिला सशक्तीकरणसहित स्थानीयलाई अब ५ वर्षभित्र महानगरवासीको अनुभूति हुने गरी काम गर्ने योजना सुनाए ।
केपी ओली नेतृत्वकोसरकारद्वारा गठित भूमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गरेका कार्कीले भूमीहीन जनताका समस्या सधैंका लागि समाधान गर्ने योजना रहेको दाबी गरे । उनले अबको ‘पाँच वर्ष, एमालेले गर्छ’ भन्ने उद्घोषलाई जनताले अनुमोदन गर्ने अपेक्षा गरे ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया