मौका पाए अवस्था बदल्छुः योगराज

समाधान संवाददाता २०७९ कार्तिक १८ गते १३:०२

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको माछापुच्छ्रे गाउँपालिका विभिन्न वडामा चुनावी प्रचार जारी राखेको छ । कास्की क्षेत्र न ३ का उम्मेदवार योगराज पौडेलले पार्टीको भिजन र योजना बुझाउँदै जनताको घर घरमा पुगेको उल्लेख गरे ।

Advertisement

उनले पुराना राजनीतिक दलबाट विकासको खाका नबन्ने भएकाले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्र्टी स्थापना भएको तर्क गरे । पुराना पार्टीका नेताले जसरी झुक्याउन मात्र नभई देशको विकासको लागि नै आफूहरु आएको पौडेलले जनाए ।

पौडेलले यसअघि ल्वाङ, घलेल र रिभान र माछापुच्छ्रे गाउँपालिका ३ का विभिन्न ठाउँका घरदैलो गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले विकासका पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा रोजगार, खेलकुद लगायतको विषयमा काम गर्ने योजना रहेको सुनाए ।

तपाईको प्रतिक्रिया