गोरखामा विकास र समृद्धिको सपना बोकेर आएँः प्रचण्ड

गोरखा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गोरखामा विकास र समृद्धिको सपना बोकेर चुनाव लड्न आएको बताएका छन् । शुक्रबार चुनाव प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नगरपालिका वडा नम्बर १३ र १४ को याङ्कोटको कोणसभालाई सम्बोधन गर्दै गोरखालाई विकाससँग जोड्न चुनाव लड्न गोरखा आइपुगेको बताए ।
‘गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको हुँ । यहाँका बाटाहरुलाई राजमार्गसँग जोड्ने र धुला बाटालाई पिच बनाउने तपाईंहरुसँग प्रतिवधर्ता व्यक्त गदर्छु,’ प्रचण्डले मतदाताहरुलाई भने ।
पहिलो निर्वाचनबाट देशका विभिन्न ठाउँबाट चुनाव लडेकाले यो पटकको आफ्नो रोजाईं गारेखा भएको उनले बताए । ‘पहिलो पटक चुनाव लड्दा रोल्पा र काठमाडौंबाट चुनाव लडें । यहाँबाट चुनाव लड्ने मक्सद थियो । जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रकृयामा देशलाई लैजाने ।
दोस्रो पटक मधेशको सिराह जिल्लाबाट उठें,’ उनले भने, ‘यति बेला मधेसलाई पहाडबाट अलग्याउने प्रयास गरिएको थियो । यो अवस्थामा एउटा राष्ट्रिय नेताको हैसियतले मधेश र पहाडलाई एकातावद्ध गर्नुपर्छ भनेर चुनाव लडें ।’
तेस्रोपटक चितवनबाट लड्नुको मुख्य उद्देश्य धुलाम्मे बाटालाई पिच गर्नु र चितवनका जनताको माग सम्बोधन गर्नुभएको उनको भनाइ थियो । उनले भने, ‘चितवनमा जनताले अपेक्षा पनि थियो प्रचण्ड चितवनबाट चुनाव लड्ने भन्ने थियो,’ चुनाव जितेर अहिले त्यो निर्वाचन क्षेत्रमा विकासका पूर्वाधारहरु बनिसकेका छन् । अहिले पनि पुनः यहाँको विकासका लागि गोरखा आएको हुँ ।’









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया