
जोमसोम ।
मित्र राष्ट्र चीन सरकारले मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रको लोमान्थाङ गाउँपालिकालाई एक थान स्काभेटर उपकरण उपहार दिएको छ । कोरोना कहरका कारण लगातार बन्द रहेको कोरला नाकाको सीमावर्ती गाउँपालिका लोमान्थाङलाई चीनले रसुवागढीबाट स्काभेटर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।
चीन सरकारले केही महिनाअघि नेपालका उत्तरी कोरलानाकाका ११ वटा गाउँपालिकालाई स्कोभटर उपकरण अन्य सामग्री उपलब्ध गराएको थियो । चीनले उपहार स्काभेटरको मूल्य १ करोड २९ लाख हाराहारी हो ।
बर्खायामको मौसम र अविरल वर्षाका कारण सडक यातायात अवरुद्ध हुँदा निर्धारित समयमा लोमान्थाङ गाउँपालिकाले स्काभेटर बुझ्न नसकेको अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङले यसै हप्ता गाउँपालिकाको टोली पुगेर रसुवागढी नाकाबाट चीनले उपलब्ध गराएको स्काभेटर बुझेको उल्लेख गरे ।
‘चीनले दिएको उपकरण बुझेर ल्याउँदैछाैं, केही यातायातका अफिसियल प्रक्रिया पूरा गरी पालिकामा पुर्याउने योजनामा छौं,’ उनले भने, ‘चीनले दिएको उपकरणले विपद् व्यवस्थापनदेखि अन्य प्रयोजनमा काम गर्नेछौं ।’
यसअघि चीनले उत्तरी कोरलानाकासँग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई खाद्यान्न, कृषि उपकरण र विभिन्न सामग्री कोरलानाकाबाटै उपलब्ध गराउने गरेको गाउँपालिकाकी उपाध्यक्ष छिमी बिष्टले जानकारी दिइन् ।
कोरनाका कारण उत्तरी कोरलानाका बन्द रहेकाले चीनले रसुवागढी नाकाबाट उपकरण पठाएको उपाध्यक्ष बिष्टले बताईन् । चिनले दिएको स्काभेटर उपकरण माथि चढेर उपाध्यक्ष बिष्टले तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेकी छिन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया