महानगरै बनाउँछु, महा नगर हुन दिन्नः विश्वप्रकाश

पोखरा ।
विश्वप्रकाश लामिछानेले पृथ्वीचोकदेखि चाउथेसम्म पृथ्वीराजमार्ग चक्ल्याउने अभियानको नेतृत्व गरे । उनकै नेतृत्वमा फेवातालको अतिक्रमित जग्गाबारे छानबिन भयो । त्यही समितिले दिएको प्रतिवेदनका आधारमा सर्वाेच्च अदालतले तालको मापदण्ड तोक्न, संरक्षण गर्न ऐतिहासिक फैसला गर्यो । तिनै विश्वप्रकाश अहिले प्रदेशसभा सदस्य उम्मेदवार छन् ।
कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश शनिबार पोखरा ३३ का विभिन्न टोलमा मत माग्दै छन् । विश्वप्रकाशले आफू चुनावी अभियानमात्र नभएर समृद्धिको साधक बन्न आएको बताउँछन् । प्राकृतिक सम्पदाको संरक्षण, सौन्दर्यकरण गर्दै योजनावद्ध विकास गर्ने उनको एजेन्डा छ । उनले पोखरालाई सच्चिकै महानगर बनाउने, काम नगर्ने महा नगर हुन नदिने प्रतिवद्धता गरे ।
लामिछाने भन्छन्, ‘मुख्यबजारलाई बदल्न गाह्रो छ, सहरोन्मुख ग्रामीण वडामा आधुनिक र स्मार्ट सिटीका पूर्वाधार बनाएर नमुना महानगर विकास गर्न सकिन्छ । मसँग त्यो भिजन छ, जनताले जिम्मेवार ठाउँमा लैजानुभयो भने त्यसलाई साकार पार्छु ।’ उनले देशलाई स्थिरता, समृद्धि, सुशासन र प्रगतिको मार्गमा लैजान गठबन्धनको जित अपरिहार्य भएको जनाए ।
उनले पौवाबाट चादनी जोड्ने बाटो निर्माण गर्ने वचन दिए । सडकहरुको स्तरोन्नति, जमिनको उचित उपयोग, कृषिको व्यवसायीकरण र पर्यटन विकास गरी यो क्षेत्रमा समृद्धि खोज्न सकिने उनको भनाइ छ ।
कास्की २ (१) का प्रचारप्रसार संयोजक दिनेश आचार्यले जनताको समस्या समाधान गर्ने नेतृत्व गठबन्धनले गर्ने बताए । जनताले चाहेको शिक्षा, स्वास्थ्य निशुल्क बनाउन, व्यवसायीले ढुक्क भएर व्यापार व्यवसाय गर्ने वातावरणको निर्माण गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस वरपौवा टोल इकाइ सभापति कृष्णबहादुर थापाले पानी र बाटोको समस्या रहेको सुनाए । ‘कोही सिकिस्त भए, सुत्केरी व्याथाले च्यापे बोकेर हिड्नुपर्ने वाध्यता छ, महानगर शब्दले हामीलाई गिज्याइरहेको छ ।
स्थानीय तुलसी दुरा पनि थापाकै भनाइसँग सहमत छिन् । उनी पौवामा विकासको नमुना देखाउन आग्रह गर्छिन् । पौवा युवा क्लबका अध्यक्ष दिनेश रानाले चुनाव जितेपछि नफर्किने नेतृत्वका कारण आफ्नो क्षेत्रपछि परेको दाबी गरे । कार्यक्रम नेपाली काग्रेस पोखरा ३३ सभापति तिलक अधिकारीको अध्यक्षतामा भएको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया