देउवालाई ओलीको जवाफः बन्दुक लिएर हैन वार्ता गरेर जमिन फिर्ता ल्याउँछौं

पोखरा ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिम्पुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फकाएका छन् । मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए ।
‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उनले भने, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्ता मार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौं ।’
गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने, ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तछाडमछाड छ ।’
गठबन्धन सरकार दक्षिणपन्छी दिशामा हिँडेको उनले बताए । उनले भने, ‘हामीहरुले यो देशलाई प्रगतिको बाटोमा लगेका थियो । गठबन्धनका नाइकेहरुले यो देशलाई दक्षिणपन्छी दिशामा लगें ।’
आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए । ‘लोकतान्त्रि मुल्यमान्याका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार नभएका नीति नभएका गठबन्धनले फरकरक घोषणा पत्र सार्वजनिक गरेका छन् ।
यो विचारहीन दिशाहिन छ । यसको कुनै भिजन छैन,’ उनले भने, ‘गन्तव्य नभएकाहरुले फरकफरक घोषणा पत्र बोकेर हिँडेका छन् । सबैले आफैलाई प्रधानमन्त्री भन्दै जनतासँग भुटो आवश्वासन दिएका छन् ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया