बाटुलेचौर सारंगी भिलेज बनाउँछौंः अरुण

पोखरा ।
पोखरा १६ लाई सारंगी भिलजेको अवधारणामा विकास गर्ने अवधारणासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले त्यस क्षेत्रमा चुनावी घरदैलो गरेका छन् । सारंगीका लागि नेपालकै ठूलो खुला पाठशालाको रुपमा पोखराको १६ नम्बर वडास्थित बाटुलेचौरलाई विकास गर्न जरुरी रहेको गिरीले बताए ।
त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि नीतिगत रुपमा पहल गर्ने उनको वाचा छ । ‘नेपालको मौलिक बाजा सारंगी र सारंगीसँग प्रत्यक्ष जोडिएको गायक समुदायको बाक्लो बस्ती रहेको बाटुलेचौर लगाएतको क्षेत्रलाई सारंगी भिलेजको रुपमा विकसित गरी यहाँको आर्थिक अवस्थाको सुधार गर्ने मेरो योजना छ,’ गिरीले भने ।
मौलिक कला र संस्कृतिको विकास गर्दै नयाँ पुस्तालाई पनि व्यवसायिक रुपमा त्यस क्षेत्रमा लगाउनुपर्ने उनको मत छ । उनले राप्रपा पार्टी र आफ्नो व्यक्तिगत एजेन्डा पनि वैदिक धर्मसँगै सँस्कार र संस्कृतिको जगेर्ना गर्नु भएकाले आफू त्यसप्रति बढी गम्भी भएर लाग्ने प्रतिबद्धता गरे ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया