लायन्स सिमसारको रत्तदान

समाधान संवाददाता २०७९ कार्तिक २२ गते १३:४०

लेखनाथ ।
महिलामात्र सदस्य रहेको लायन्स क्लब अफ लेखनाथ सिमसारको वार्षिक कार्यक्रम अन्तर्गत भएको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ ।

Advertisement

चाडवाडको समय र निर्वाचनको मुखमा बजारमा देखिएको रगत अभाव कम गर्ने उद्देश्यले लेखनाथ सिमसारको आयोजना र माछापुच्छ्रे पोलिक्लिनिकको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

पहिलो रक्तदाता सोनु भुजेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै डिस्ट्रिक्ट क्याबिनेट टे«जरर सूर्यनारायण बरालले रक्तदान सुरुआत गरेका थिए । उनले लायन्स क्लबले समाज सुधारका लागि साकारात्मक सन्देश दिने खालका काम गर्दै आएको बतए ।

लेखनाथ सिमसारकी अध्यक्ष शिव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ३२५ आई नेपालका एड्भाइजर शैलेन्द्रमोहन भट्टराई, डिस्ट्रिक्ट कोअर्डिनेटर ऋषि गिरी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरी, डा प्रकाश भट्टराई, डाँडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रकाश दाहाल, सिमसारकी सचिव प्रभा पौडेल र संस्थापक अध्यक्ष बसुधा भट्टराईले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया