हिसान आइडलको अडिसन राउन्ड

समाधान संवाददाता २०७९ कार्तिक २३ गते ११:२९

पोखरा ।
विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मंगलबार हिसान आइडल आयोजना भएको छ । अडिसन राउन्डबाट बाल प्रभात बोर्डिङ स्कुल, ग्लोबल कलिजियट मावि, न्यु ग्यालेक्सी मावि, प्रगति मावि, सोसल पब्लिक, गुरुकुल विद्या सदन, न्यु लाइट मावि, त्रिवेणी पब्लिक, प्रतिभा मावि र पश्चिमाञ्चल मावि आइडलको फाइनल चरणमा प्रवेश गरेका छन् ।

कार्यक्रममा २५ विद्यालयका २५ विद्यार्थी सहभागी थिए । कार्यक्रममा हिसान कोषाध्यक्ष सुन्दर ढकाल, सचिव ढाकाराम कँडेल र कार्यक्रम संयोजक प्रेमराज अधिकारीले बोलेका थिए । आइडलको फाइनल २६ गते शनिबार हुने हिसान उपाध्यक्ष दिवाकर जैसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया