गाउँबाट सुरु हुन्छ समृद्धिः मीना

पोखरा ।
एमाले नेतृ मीना गुरुङले नयाँ नेपालको जग गाउँ भएको उल्लेख गर्दै समृद्धि पनि गाउँबाटै सुरु हुने बताइन् । कास्की २ (२) की उम्मेदवार गुरुङले केही पूर्वाधार बनिसकेका सहरमा योजनाबद्ध विकास र ग्रामीण क्षेत्रमा पूर्वाधार र अवसर पुर्याउँदै समृद्धिको सपना साकार पार्न सकिने बताइन् ।
मंगलबार पोखरा २० भलाममा चुनावी प्रचारमा गएकी उनले मतदातामाझ यस्तो प्रतिवद्धता गरेकी हुन् । उनले पोखरा महानगरमा पछि थपिएका वडाका बासिन्दालाई महानगरबासीको अनुभूति दिलाउन पोखरा महानगरसँग सहकार्य गर्दै पहलकदमी लिने प्रतिवद्धता जनाइन् । उम्मेदवार गुरुङले भनिन्, ‘महानगरमा गाभियो, सुविधा थपिएन । यस्तो विडम्बना चाडै हटाउँछौं ।’
उनले भलाम जाने सडक कालोपत्र बनाउन र खानेपानीको उचित प्रबन्ध गर्ने बाचा गरिन् । यो क्षेत्रमा व्यवसायिक पशुपालन र खेतीको सम्भावना रहेकाले त्यसलाई पर्यटनसँग जोडेरअघि बढाउन प्रदेश सरकारलाई झक्झक्याउने उनको भनाइ छ ।
उनले ०१५ सालमा द्वारिकदेवी ठकुराठी प्रत्यक्ष निर्वाचित हुँदादेखि अहिलेसम्म पनि महिलालाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आइनसकेको सुनाइन् । उनले भनिन्, ‘समानता, सशक्तीकरण, सुशासन र समृद्धि मेरा एजेन्डा हुन् ।
द्वारिकादेवी ठकुराठीदेखि आजसम्म पनि अवस्था धेरै बद्लिएको छैन । मुख्य दलबाट ९ प्रतिशत उम्मेदवार महिला छौं, तीमध्ये पनि सबै विजयी हुने अवस्था छैन । आधा धर्तीलाई ७/८ प्रतिशत प्रतिनिधित्व हुने अवस्था छ ।’








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया