मतदाताका समस्या नै मेरा एजेन्डाः प्रकाश

पोखरा ।
मंसिर ४ को निर्वाचन अन्तर्गत कास्की ३ (२) मा २ युवाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल डेब्युको तयारीमा छन् भने नेकपा एमालेका राजीव पहारी जित दोहोर्याउने दाउमा । बराल गठबन्धनबाट ढुक्क छन् भने पहारी एमालेको संगठन बलियो भएकाले आशावादी छन् ।
स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा दुवै पक्षबीच निकै कडा प्रतिस्पर्धा छ । यस क्षेत्रका केही वडामा मात्र माओवादीले आफ्ना उम्मेद्वार उठाएको थियो भने धेरै वडामा उम्मेद्वार थिएनन् ।
यो क्षेत्रमा पर्ने वडाको मत हेर्दा नेपाली कांग्रेसले १४ हजार ५७ र एमालेले १४ हजार ९ सय २९ मत पाएको थियो । गठबन्धनभित्रका दलहरुले पाएको मतसमेत जोड्दा बराल पहारीभन्दा केही अगाडि देखिन्छन् ।
‘निर्वाचन हो जे पनि हुन सक्छ । माननीयज्यू परीक्षण भइसक्नुभयो । नयाँ योजना लिएर म जनताका आएको छु’, मंगलबार कास्कीको लान्द्रुक पुगेका बराल भन्छन्, ‘पहिलो कुरा गठबन्धनको मत केही बढी छ, दोस्रो कुरा जनताका लागि म नयाँ भिजन लिएर आएको छु र तेस्रो कुरा २० वर्षदेखि कुनै न कुनै तवरबाट युवा पिंढीका साथै जनतासँग जोडिंदै आएको छु ।’
कास्कीकोट, अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा रहेको खानेपानीको समस्या सुल्झाउने उनले वाचा गरे । मंगलबार कास्कीकोटका मतदाता सामु उम्मेद्वार बरालले भने, ‘अब यी समस्या मेरा हुन् । अब पानी बोक्दा आमाका ढाडका खाला अब जाँदैनन् । यहाँका गाईबाख्रा र कुखुराले पनि मज्जाले पानी पिउन पाउँछन् ।’
उनले कास्कीकोटको गुण्टीचौरदेखि वडा कार्यालयसम्मको सडक पिच गरेरै छाड्ने प्रतिवद्धता जनाए । बाँदरको समस्यामा सबै गम्भीर हुनुपर्नेमा उनको जोड छ ।








आदर्श कप माघको दोस्रो साता
टेनिसमा शिभालीले रचिन् इतिहास
कनेक्टिभिटी, सिँचाइ र पर्यटन बिना नेपाल अगाडि बढ्दैन : मन्त्री कुलमान घिसिङ
पहरामा कुहिनो ठोक्काउँदै अघि बढेको सिर्जना यात्रा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया