सक्षम प्रदेश, सुखी प्रदेशबासीका लागि उम्मेदवारी

मीना गुरुङ २०७९ कार्तिक २३ गते १२:५६

अहिले मुलुकमा चुनावी माहोलले तातेको छ । अबको ११ दिनपछि नेपाली जनताले मुलुकको निर्णायक शक्तिलाई विजयी गराउँदै छन् । त्यो शक्ति भनेको नेकपा एमाले नै हो । म नेकपा एमालेको कास्की क्षेत्र नं २(२) बाट प्रदेश सभामा प्रत्यक्ष तर्फको उम्मेद्वार भएरमात्रै यो कुरा गरिरहेकी छैन । म एमाले कार्यकर्तामात्रै होइन, एउटा स्वतन्त्र नागरिकले निश्पक्ष भएर कुनै पार्टी राज्नु पर्दा नेकपा एमालेलाई नै रोज्छन् ।

Advertisement

एमाले नेपाली जनजन र मन मनमा बसेको पार्टी हो । एमाले जनताको प्रिय पार्टी किन भयो ? एमालेले जहिले पनि जनताका मुद्दालाई सम्बोधन गर्ने प्रयत्न गर्छ । राष्ट्रियता जनजीविकाको सवाल, रोजगारीको बिषय अनि उपभोक्ता पर्यावरण संरक्षणको कुरासमेत उठाउन छोड्दैन ।

राष्ट्रिय पुँजीको संरक्षण, राष्ट्रिय उत्पादनलाई प्रोत्साहन, आर्थिक, सामाजिक, लैंगिक र सबै खाले विभेद अन्त्यको मुद्दालाई समेट्छ । त्यसैले त एमाले मुलुकको निर्णायक शक्ति बनेको छ । हामी जस्ता थुप्रै व्यवसायी महिलालाई एमालेको गतिविधिले लोभ्याएको छ ।

दल र समयले दिएका अनेक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी छु । मतदाताले विवेकसम्मत निर्णय लिने दिन मंसिर ४ म पर्खिरहेकी छु ।

करिब तीन दशकअघि म भर्खरै विदेशबाट आएकी थिएँ । केही नयाँ गरौं भन्ने मनमा हुटहुटी थियो । लाहुरे परिवारसँग सम्बन्धित भए पनि मलाई सधैं आफ्नै कमाईमा रमाउन मन लाग्थ्यो । मैले कहिल्यै पनि श्रीमान्प्रति निर्भर बन्नुपर्ने अवस्था आएन ।

Advertisement

मैले कुनै सामाजिक संघ, संस्थाको नेतृत्वदायी भूमिकामा रहँदा पनि संस्थालाई आर्थिक रुपमा हानी, नोक्सानी पुर्‍याउने गरी काम गरिनँ । बरु उल्टै संथामा आर्थिक वृद्धि गरेर छाडेको छु । आर्थिक रुपमा कुनै लोभ, लालच नभएको विशुद्ध आफ्नो श्रममा बाँचेको व्यक्ति म गण्डकी प्रदेश सभा सदस्य रहँदा पनि आफूले पाएको पारिश्रमिकले सेवा गर्दथें ।

मेरो आर्थिक पक्ष कहिल्यै पनि अस्पष्ट रहेन । मैले कुनै पनि संस्थाको जिम्मेवारी लिइरहँदा सबैले मेरो काम गर्ने शैलीलाई रुचाएको नै पाएँ । ट्रेड युनियन महासंघ (जिफन्ट) होस् या पार्टी सबैतिर सरल, सहज र समन्वयकारी भूमिका नै निर्वाह गरेकी छु ।

साढे दुई दशक अघिको कुरा हो । मैले नेपालमा नै असंगठित सौन्दर्यकर्मीलाई संगठित गरें । म यो पेशामा आउनुभन्दा अगाडि यी व्यवसायी संगठित थिएनन् । समाजमा सौन्दर्यकर्मी पेशा, व्यवसाय ठूला घरानियाँका लागि मात्रै हो भन्ने मान्यता थियो । यो पेसा, व्यवसाय गर्नेहरुमा महिलाको रुप राम्रो नै हुनु पर्छ भन्ने मान्यता थियो ।

यो पेशा अंगाल्ने दिदीबहिनीलाई त्यति बेलाको समाजले छुट्टै नजरले हेर्ने गर्दथ्यो । समय परिर्वतनसँगै सूचना प्रविधिले ल्याएको विकास र ग्लोबल भिलेजको अवधारणाले संसारका गतिविधि, वस्तु तथा सेवाहरुको प्रयोग कसरी गर्ने भन्ने कुराको ज्ञान पनि सिकाएको छ ।

अहिले हिजोका गलत मूल्य, मान्यता र अवधारण परिर्वतन भएका छन् । सौन्दर्य व्यवसाय व्यापक पनि बन्दै गएको छ । आम महिलाको गर्जो टार्ने माध्यम बनेको छ । राष्ट्रिय आय आर्जनको माध्यम पनि बनेको छ । अन्य पेशा, व्यवसायसरह इज्जतदार र प्रतिष्ठित बनाउन मैले निर्वाह गरेको भूमिका फरक खालको थियो ।

दक्षता, सीप, हासिल गर्ने र सेवाग्राहीसँगको व्यवहार जस्ता कुराले एउटा व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण अर्थ राख्छ । म नेतृत्वको टिमले तत्कालीन अवस्थामा राष्ट्रिय स्तरको सौन्दर्यकर्मीको संस्था बनायो । यो पेशालाई संसारभर चिनाउन हाम्रो संस्था राष्ट्रिय सौन्दयकर्मी युनियनलाई अन्तर्राष्ट्रिय ट्रेड युनियनसँग आवद्ध गराउने काम पनि भयो ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियनलाई ट्रेड युनियन महासंघ जिफन्टमा आवद्ध गराएपछि सौन्र्दयकर्मीले पनि अन्य पेशा, व्यवसायीसरह आफ्नो हक अधिकारका लागि आवाज उठाउने मञ्च पायो । राज्यले सौन्दर्यकर्मी व्यवसायलाई उद्यमीको मान्यता प्रदान ग¥यो ।

बैंक तथा वित्तीय संस्थाबाट महिलाई सहुलियतमा ऋण तथा अनुदान साथै निशुल्क तालिमको व्यवस्था गर्न समेत हामी र हाम्रो पार्टीको प्रयासबाट भएको छ ।
ट्रेड युनियन महासंघ जिफन्टको आवद्धता हाम्रो लागि राजनीतिक रुपमा सफलताको खुट्किलो थियो । जिफन्टमा रहेर हामी सौन्दर्यकर्मीमा हक अधिकार र राजनीतिक चेतनाको विकास भयो । त्यससँगै म पार्टी कमिटीमा पनि आवद्ध भए ।

अहिले म नेकपा एमाले गण्डकी प्रदेश कमिटी हुँ । मैले नेकपा एमालेका बिभिन्न पार्टीका कमिटीमा रहेर काम गरिसकेकी छु । त्यसै गरी सामाजिक आन्दोलन, महिलाका हक अधिकारका बिषयलाई मैले अघिल्लो प्रदेश सभामा प्राथमिकताका साथ विषय प्रस्तुत गरेकी थिएँ ।

मैले महिलालाई उत्पादन र उद्यमशीलतासँग जोड्न राज्यले प्राथमिकताका साथ योजना कार्यान्वयन गर्नु पर्छ भनेर जोडदार रुपमा आवाज उठाएकी थिएँ । महिला उद्यमी, व्यवसायी भएमा महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरण हुनेछ । हामीकहाँ महिलामाथि हुने हिंसाका कारणमध्ये आर्थिक परनिर्भरता प्रमुख हो ।

राज्य, समाज र परिवार सुखी र समृद्ध बनाउन परनिर्भरताको अन्त्य गरिनु पर्छ र प्रत्येक महिलालाई आयआर्जनसँग जोड्नु पर्छ । यही उद्देश्य लिएर म अहिले क्षेत्र नं २(२) प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेकी छु ।

मेरा प्रतिश्पर्धी उच्च आर्थिक हैसियतका र व्ययवसायी हुनुहुन्छ । गएको कार्यकालमा म समानुपातिक सांसद र उहाँ मन्त्री हुँदा यो क्षेत्रमा कसले कति काम गरेको छ, योगदान गरेको छ भन्ने कुरा जगजाहेरै छ । कुनै उम्मेद्वारले चुनावमा गरेको खर्च कसरी कमाएका छन् ? उसका गतिविधि कस्ता छन् । भोलि उनले राज्यको स्रोत दोहन किन गर्दैनन् भन्ने कुराको हेक्का राख्नु पर्दछ ।

भनिन्छ नि माछा दिनुभन्दा माछा मार्ने सिीप सिकाउनु पर्छ । त्यसैले चुनावको मुखमा व्यक्ति र समूहलाई प्रलोभन देखाउनुभन्दा आम मतदाताको हितमा दिगो विकास समृद्धिको लक्ष्य पूरा गर्ने गरी काम गर्ने मेरो स्वभाव छ । सञ्चार कर्म, व्यवसाय, स्वरोजगार, श्रमिकको नेता, पार्टी कार्यकर्ता नेता, सफल गृहिणी, पूर्व सांसद विभिन्न भूमिकामा जनताले मलाई चिन्नु भएको छ । मतदाताले विवेकसम्मत निर्णय लिने दिन मंसिर ४ म पर्खिरहेकी छु ।

तपाईको प्रतिक्रिया