सेल अफर सुरु

समाधान संवाददाता २०७९ कार्तिक २४ गते ११:२४

पोखरा ।
दराजले आफ्नो वर्षको सबैभन्दा ठूलो सेल अफर बिहीवार मध्य रातदेखि सुरू गर्दै छ । यस वर्षको ११.११ विगतका वर्षमा भन्दा ठूलो हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले जनाएको छ ।

Advertisement

यस अभियानको मुख्य हाइलाइट्समा ११ लाख सामानमा ८० प्रतिशतसम्मको छुट, ११,१११ सम्मको मेगा भाउचर, प्रि पेमेन्टमा २० प्रतिशत अधिकतम ३ हजारसम्म छुट दिइनेछ । खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११–६५ इन्चको मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ ।

दराजका अनुसार, ११.११ मा किनमेल गर्ने ग्राहकले क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम ३ हजार ) र डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम २ हजार ५ सय) सम्म बचत गर्न पाउनेछन् ।

Advertisement

नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकले छुटहरू प्राप्त गर्न सक्ने छन् ।

आफ्नो आईएमई पे वालेटमार्फत भुक्तानी गरेमा १५ प्रतिशत अधिकतम १ हजार १ सय ११ सम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । दराजका सबै प्रमुख क्याम्पेन जस्तै, ११.११ मा धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ । जहाँ ग्राहकले मात्र रु १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादन जित्ने मौका पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया