मुस्ताङमा चुनावका लागि ४ सय कर्मचारी

जोमसोम ।
मुस्ताङका ३९ मतदान केन्द्रमा ३ सय ९६ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुस्ताङका ३९ मतदान केन्द्रका लागि ७७ मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको छ ।
मतदान केन्द्रमा खटाइने सहायक कर्मचारी १ सय ७६ जना, सहयोगी ३९ जना र स्वयंसेवक कर्मचारीको व्यवस्थापन गर्ने गृहकार्य भइरहेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए ।
३९ मतदान केन्द्रमा खटाइने स्वयंसेवक कर्मचारीको हकमा सम्बन्धित मतदान केन्द्रमा खटिने मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था भएको मुख्य निर्वाचन अधिकृत पराजुलीको भनाइ छ ।
आयोगले २ सय ५० मतदाता भएको मतदान केन्द्रमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ४ सहायक कर्मचारी, १ कास, र २ जना स्वयंसेवक गरी ९ जना कर्मचारी खटाउने व्यवस्था गरेको हो ।
२ सय ५१ देखि ५०१ जनासम्म मतदाता रहेको मतदान केन्द्रमा एक/एक मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी ५ जना, कास १ र स्वयंसेवक कर्मचरी ३ जना गरी ११ जना खटिने छन् ।
५ सयदेखि माथि रहेको मतदान केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी ५ जना । कास १ र स्वयंसेवक ४ जना गरी १२ जना कर्मचारी खटाइने भएको छ । निजामती कर्मचारी र सुरक्षाकर्मीका लागि प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ मतदान केन्द्र जिल्ला कारागार मुस्ताङलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।
जसका लागि एक/एक जना मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी र स्वयंसेवक कर्मचारी गरी ५ जना खटाइने जनाइएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत निजामती कर्मचारी र सुरक्षाकर्मीले राजनीतिक दलको प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने छन् । जसअन्तर्गत मतदाता नामावलीमा नाम भएका मुस्ताङमा कार्यरत निजामती कर्मचारी र सुरक्षा निकाय गरी ५ सय ८ जनाले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ मतदान गर्ने छन् ।
मुस्ताङका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रका लागि प्रतिनिधि र प्रदेशसभा तर्फको समानुपातिक मतपत्र र अन्य निर्वाचन सामाग्री प्याकेजिङ गर्ने काम सकिएको सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया