स्थिरता र समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् : श्याम

पोखरा ।
गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ख बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले मुलुकमा स्थिरता र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गरेका छन् ।
आसन्न प्रदेशसभा निर्वाचनका लागि घरदैलो अभियानमा क्रममा बिहीबार उनले देशमा स्थिर सरकार र जनताको समृद्धिका लागि प्रतिबद्ध भएकाले मतदान गरेर काम गर्ने अवसर दिन आग्रह गरेका हुन् ।
‘संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि एमाले सरकार आवश्यक छ,’ उनले भने, ‘जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् ।’ उनले सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रका काम गरेको उल्लेख गरे ।
आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङले बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सृजना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने । ०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले गण्डकीमा पनि पृथ्वी सुब्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वे जनताको पक्षमा काम गर्न नसकेको बताए । ‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो ।
तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजा एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’
नर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनले भनाइ छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राखदिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’
उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पु¥याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘मुलुकको विकास कसले गर्न सक्छन् र त्यसैलाई मतदाताले पहिचान गर्नुपर्छ,’ उनले भने । उनले एमाले बाहेकका अरु दलको सिङगल सरकार बन्ने सम्भावना नरहेको उनले बताए । ‘कांग्रेसले गठबन्धनबाट प्रत्यक्षमा करिब ८५ सिट भन्दा पाएको छैन । माओवादीको त्यही ४५/४६ कति हो ।
अरु दलको कुरा नगरौं । यसरी गठबन्धनबाट कसैको बहुमतको सरकार बन्ने सम्भाना झिनो आस पनि छैन,’ उनले भने, ‘बहुमतको सरकार बनाउने भनेको एमाले बाहेक अरु छैन । बहुमतको सरकार बाहेक अरु दलको सम्भाना छैन । यसैले एमालेलाई भोट दिएर स्थिाइ सरकार बनाउन तपार्ईंहरुले समानुपातिलक र प्रत्यक्षमा भोट दिनुस् ।’
बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए । उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने बताए । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’
उनले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । आइतबार मादी ५ को घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’








नेपाल शिक्षक संघ हरिनासको प्रतिनिधि सभा
सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया