नवलपुरको विजयी सुरुवात

समाधान संवाददाता २०७९ कार्तिक २५ गते ११:०९

पोखरा ।
पोखरामा वाइ वाइ यु १९ गण्डकी छनौट क्रिकेट सुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।

टस जितेर ब्याटिङ रोजेको नवलपुरले ५० ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको हो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दीपक डुम्रेले ५१ रन बनाए । त्यस्तै, गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदीप अर्याल, सिरिस भुषाल, अपराजित पौडेल र सगुन सापकोटाले समान २ विकेट लिए ।

जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको कास्की जितको नजिकै पुगे पनि जित निकाल्न सकेन । कास्कीले ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ८५ रनमात्रै बनाउन सक्यो । कास्कीका अर्जुन कुमालले ८८ रनको महत्वपूर्ण पारी खेले । शोहिल कुँवरले २९ रन बनाएका थिए । नवलपुरका बलर रोहित चन्दले ३ तथा नितेश गिरी र मनिष गैह्रेले समान २ विकेट लिए ।

Advertisement

यसअघि प्रादेशिक खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङले ब्याटिङ तथा प्याप्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले बलिङ गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा गुरुङले यो प्रतियोगिताबाट गण्डकी प्रदेशको उत्कृष्ट क्रिकेट टिम बन्ने विश्वास व्यक्त गरे ।

प्याप्सन अध्यक्ष पौडेलले विद्यालय खेलकुद विकासको जग भएको बताउँदै विद्यायलहरुले पनि खेलकुदका कार्यक्रममा ध्यान दिन आवश्यक रहेको औंल्याए । आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले राष्ट्रिय टिममा आफ्नो स्थान बनाउने खुड्किलो यही प्रतियोगिता भएकाले खेलाडीलाई अनुशासित पूर्वक आफ्नां खेल कौशल देखाउन आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया