चुनावमा नाजायज चन्दा संकलन र खर्च नगर्ने वेद बहादुर गुरुङ (श्याम)को घोषणा

पोखरा ।
नेकपा एमालेका उम्मेदवार वेद बहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि नाजायज चन्द संकलन र खर्च नगर्ने घोषणा गरेका छन् । नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक संजाल फेसबकमा पोष्ट सेयर गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।
गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म नाजायज चन्द लिदिनँ र नाजायज खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने कुरा पनि बताएका छन् । ‘म अनुचित रुपमा चन्द उठादिनँ र चुनाव जित्नका लागि नाजायज खर्च गर्दिनँ ।’ उनले भने, ‘म आफ्नो योजना सुनाएर जनताको मत जित्न चाहान्छु ।’ उनले अवैध रुपमा चन्द उठाएर अनि खर्च गर्नु निर्वाचन आचार संहिता विरुद्ध मात्र नभई दीर्घकालीन रुप असर पर्ने बताए ।
नेकपा एमाले कास्कीले चुनाव केन्द्रित प्रचार प्रसार तथा घरदैलो कार्यक्रम तीव्र पारेको छ । उम्मेदवार गुरुङ शुक्रबार पोखरा २८ का विभिन्न स्थानहरुमा गएर आफ्नो चुनावी एजेण्डा सुनाएका थिए । शनिबार पनि मतदाताका समस्या बुझ्न उनी आफ्नो कार्यकर्तासहित वडा नम्बर २८ कै बाँकी स्थानहरुमा पुगेका छन् ।
स्थानीय मतदाता माझ गुरुङले निर्वाचित भए गुणस्तर शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उद्पादन तथा बजारीकरण, पर्यटन, निशुल्क खानेपानी, व्यवस्थित सार्वजनिक यातायात, फोहोर व्यवस्थापनमा पहल गर्ने बताए । अर्को प्रसंगमा उनले गठबन्धन सरकारले कटौती गरेका परियोजनाहरुलाई पुनः बजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने कुरा प्रतिबद्धता जाहेर गरे।
नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ’क’ तर्फ खगराज अधिकारी र ’ख’ तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन् ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया