चुनावका दिन अत्यावश्यक साधन चलाउन पाइने

पोखरा ।
आगामी मंसिर ४ गते हुने चुनावका दिन अत्यावश्यक सवारी साधन अनुमतिपत्र विनै पनि सञ्चालन गर्न पाइने भएको छ । मतदानका दिन बिरामी बोकेका एम्बुलेन्स, शव बाहन, दमकल, सञ्चारकर्मी, तरकारी तथा फलफूल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनका लागि छुट्टै पास नचाहिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । अनुमतिविनै सञ्चालन गर्न पाइए पनि ती सवारी साधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने थपलियाले बताए ।
आयोगको सूचीमा परेका बाहेकका सवारी साधन भने अनुमति पत्र विना सञ्चालन गर्न नपाइने आयोगले जनाएको छ । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन चलाउन पाइने भएको छ ।
चुनावका दिन चलाउन पाइने साधनमा दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन पनि हुन् ।







एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया