अबको दशक विकासको: दीपक

पोखरा ।
संघीयतापछिको दोस्रो आम निर्वाचनमा रहेका ५ दलीय गठबन्धनका उम्मेदवारले अबको दशक विकासको दशक हुने प्रतिवद्धता गरेका छन् । संविधान निर्माण भएपछि भएको चुनावपछि पनि संसदीय राजनीतिमा अनेक विकृति देखिएको भन्दै उनीहरुले ती विकृति सच्चायाएर अबको युगको नेतृत्व गर्ने वाचा गरेका छन् ।
कास्की १ (१)मा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले अबको दशकमा देश विकासको गतिका निकैअघि बढ्ने जनाए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका कोइराला गण्डकी प्रदेशमा सोही क्षेत्रबाट अघिल्लो निर्वाचनमा चुनिएका थिए ।
कोइरालाले भने, ‘हामीले अनेक उतारचढावका बीच व्यवस्था बदल्यौं, संविधान बनायौं । अब योजनावद्ध विकासको कार्यभार पूरा गर्नुको विकल्प छैन ।’ कास्की १ (१) मा गएको कार्यकालमा आफ्नो पहलनमा धेरै योजना सुरु भएको उनको भनाइ छ । ती योजना पूरा गर्न र नयाँ जनताको जीवन बदल्ने खालका योजना बनाउन गठबन्धनको नेतृत्व जरुरी हुने औंल्याए ।
शनिबार पोखरा ३२ का मतदातासँग घरदैलोका क्रममा उनले तीन तहमै गठबन्धनको सरकार बने विकासको मूल फुट्ने बताए । उनले तल्लो गगनगौंडाका भूमिहीनको समस्या सुल्झिने क्रममा रहेको जनाउँदै यहाँको डुबानको समस्या पनि चाडै समाधान हुने जनाए ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले कोइराला अनुभवी र ऊर्जावान् नेता भएको जनाए । उनले विगतमा राम्रो काम गरेका नेताको मूल्यांकन गरी आगामी कार्यकालको नेतृत्व दिन उनले मतदातालाई आग्रह गरे ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया